‘नेपालका वैज्ञानिक र पत्रकारबीच समन्वय तथा सहकार्य आवश्यक’ « Khabarhub

‘नेपालका वैज्ञानिक र पत्रकारबीच समन्वय तथा सहकार्य आवश्यक’


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बीपी कोइराला मेमोरियल प्लाटेरियम, अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिको आयोजनामा तीन दिने विज्ञान पत्रकारिता/विज्ञान लेखन तालिम सुरू भएको छ ।

समितिको सभाहल कीर्तिपुरमा आयोजित तालिममा विज्ञान पत्रकारितामा क्रियाशील पत्रकार तथा पत्रकारितामा उच्च शिक्षा अध्ययनरत विद्यार्थीसहित देशभरका ७० जनाभन्दा बढीको सहभागिता रहेको समितिका कार्यकारी निर्देशक डा सनतकुमार शर्माले जानकारी दिए।

आज तालिमको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (विज्ञान तथा प्रविधि) विश्वबाबु पुडासैनीले विज्ञान क्षेत्रमा भएका उपलब्धि, समस्या, सम्भावना र राज्यले गरिरहेका क्रियाकलापबारे समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीको क्षमता अभिवृद्धिमा तालिमले योगदान पुग्ने विश्वास व्यक्त गरे।

उनले समाजमा रहेका अन्धविश्वास र कुरितीबारेका धारणा बदल्न सबैभन्दा पहिले पत्रकार नै विज्ञानका आधारभूत मान्यताबारे जानकार हुनुपर्ने आवश्यकता औँल्याए ।

‘विज्ञान प्रविधिका क्षेत्रमा विश्व धेरै अगाडि बढिसकेको छ तर नेपाली समाज अहिले पनि गलत प्रथा, परम्परा र कुसंस्कारमै रुमल्लिएको अवस्था छ । सञ्चारकर्मीको सहयोगविना यो अवस्था बदल्न सकिँदैन’, पुडासैनीले भने, ‘त्यसैले यहाँहरूले विज्ञानका आधारभूत पक्ष र विज्ञान पत्रकारिताका विषयवस्तु बुझेमा हाम्रा प्रयासले पनि प्रतिफल प्राप्त गर्छन् । त्यही उद्देश्यले यो तालिम आयोजना गरिएको हो ।’

उनले परिवर्तित समय सुहाउँदो ऐनका अभावमा नेपालको विज्ञान प्रविधि क्षेत्रले समस्या भोगिरहेकाले त्यसलाई सम्बोधन गर्न विज्ञान प्रविधि तथा नवप्रवर्तन सम्बन्धमा व्यवस्था गर्न र व्यावहारिक विज्ञान प्रविधि तथा उद्योमोदय कोषसम्बन्धी दुई वटा विधेयक बनाउन लागिएको जानकारी दिँदै त्यसबारे राय तथा सुझावका लागि मन्त्रालयको वेभसाइटमा राखिएकाले प्रचारप्रसारका लागि आग्रह गरे।

कार्यक्रममा प्रा डा उदयराज खनालले नेपालमा विज्ञान प्रविधि क्षेत्रको विकास, विस्तार तथा उपलब्धिबारे पत्रकार जगत् जानकार बन्न आवश्यक रहेको बताए।

पत्रकार जागरुक र जानकार भएमा नेपालको विज्ञान क्षेत्रले थप उपलब्धि हासिल गर्नसक्ने तर्क गर्दै उहाँले यसले सरकारी अधिकारीमा थप जिम्मेवारी बोध र नागरिकमा विज्ञानप्रतिको विश्वाससमेत वृद्धि हुँदै जाने धारणा राखे ।

समितिका कार्यकारी निर्देशक डा शर्माले आमरूपमा प्रचारप्रसार नभएसम्म विज्ञान अपूर्ण हुने सन्दर्भ उल्लेख गर्दै यसमा सञ्चार र सञ्चारकर्मीको भूमिका अपरिहार्य रहेकामा जोड दिए ।

“जबसम्म उपलब्धिको प्रचार हुँदैन, तबसम्म विज्ञान अपूर्ण हुन्छ तर नेपालमा विज्ञान क्षेत्रका विषयमा धेरै चिन्ता चासो व्यक्त भएको पाइँदैन । मिडियाले पनि विज्ञानका विषयलाई प्राथमिकता दिएका छैनन्, त्यसकारण त देशमा अपवाह र भ्रमहरूले स्थान पाइरहेका छन् । यो अवस्था बदल्न नेपालका वैज्ञानिक र पत्रकारबीच समन्वय तथा सहकार्य आवश्यक छ”, उनले भने ।

तालिममा विज्ञान तथा प्रविधिका प्रभावबारे प्रचार गर्न मिडियाको भूमिका, विज्ञान पत्रकारिताका चुनौती र विज्ञान प्रविधिसम्बन्धी जानकारी सम्प्रेषणमा वैज्ञानिकको भूमिका, विज्ञान पत्रकारिताको महत्व, उत्तरदायित्व, नैतिक र व्यवसायीकस्तर सुधार, वेबमा आधारित विज्ञान सञ्चार र सञ्जाल, सामाजिक समावेशीकरणका लागि विज्ञान सञ्चार, पत्रकारको व्यावसायिक क्षमता विकासलगायत विषयमा विभिन्न विज्ञहरूले प्रशिक्षण दिए ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ८ : २३ बजे

चितवनमा सवारी दुर्घटना : साउनदेखि कात्तिकसम्म २९ जनाको ज्यान गयो

चितवन– गत चार महिनामा जिल्लामा भएका सवारी दुर्घटनामा २९ जनाले

भीमफेदी कारागारका १६८ कैदीबन्दी अझै फरार

मकवानपुर– मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये दुई सय ७२

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्याउलेमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको

काठमाडौंबाट लुटिएका हतियारसहित तीन जना पक्राउ

झापा– जेनजी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौंबाट लुटिएका दुई

‘निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं’

भैरहवा – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न