राष्ट्रिय युवा गायन प्रतियोगिताको उपाधि दीपक कालीराजलाई « Khabarhub

राष्ट्रिय युवा गायन प्रतियोगिताको उपाधि दीपक कालीराजलाई


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय युवा गायन प्रतियोगितामा मकवानपुरका दीपकराज कालीराज प्रथम भएका छन् । बिहीबार भएको अन्तिम प्रतिस्पर्धामा दुई प्रतिस्पर्धीलाई पछि पार्दै कालीराजले प्रथम स्थान हासिल गरेका हुन् ।

प्रतियोगितामा धनुषाका राजा राजपुत द्वितीय र रुपन्देहीका सुरज खातीले तृतीय स्थान हासिल गर्न सफल भए । युवा तथा खेलकुद मन्त्रालय, परिषद्को आयोजना र मिसन सञ्चार मल्टिमिडिया प्रालिको सहआयोजनामा प्रतियोगिता आयोजना गरिएको हो । परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले प्रतियोगिताको विजेता कालीराजलाई विजेताको ट्रफी, प्रमाणपत्र हस्तान्तरण गरे ।

उपाध्यक्ष बस्नेतले युवा लक्षित यस्ता सृजनात्मक प्रतिस्पर्धाले देशका कुना कन्दरामा लुकेर रहेका प्रतिभाशाली युवालाई आफ्नो प्रतिभा देखाउने उपयुक्त थलो भएको र यसले युवापुस्तालाई अभिप्रेरित गर्ने बताए । मिसन सञ्चार मल्टिमिडियाका अध्यक्ष पार्वती चापागाईंले विजेतालाई नयाँ गीत रेकर्डिङको लागि सम्झौतापत्र प्रदान गरे ।

विजेताको रेकर्ड गरिने नयाँ गीतको शब्द रचनाका लागि गीतकार बी पाण्डे, सुमन बैरागी र गणेश सुवेदीलाई साथै सङ्गीत भर्नका लागि सङ्गीतकार बीपी वाग्लेलाई जिम्मेवारी दिइएको थियो ।

गायन रियालिटी सोमा १६ देखि ४० वर्ष उमेरका देशभरबाट ६५ युवाले सहभागिता जनाएका थिए । डिजिटल अडिसनमा सहभागी प्रतिस्पर्धी मध्येबाट २१ जना छनौट गरी फिजिकल अडिसन अर्थात फिजिकल प्रतिस्पर्धाका लागि राजधानी काठमाडौँ बोलाइएको थियो ।

सोही २१ जना प्रतिस्पर्धी मध्येबाट शीर्ष नौ, शीर्ष छ र शीर्ष तीन गरी विजेताको टुङ्गो लगाइएको थियो । प्रतियोगितामा सङ्गीतकार बीपी वाग्ले, लोक गायिका देवी घर्तीमगर र गायक भद्र वलीले निर्णायकको भूमिका निभाएका थिए ।

कार्यक्रम सञ्चालन वरिष्ठ सञ्चारकर्मी हेम सुवेदीले गरेका थिए । अवसरमा विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा योगदान दिएका पत्रकारमध्ये पर्यटनतर्फ राससकर्मी सिबी अधिकारी, फोटो पत्रकारितामा कान्तिपुरकर्मी प्रकाशचन्द्र तिमिल्सिना, कला साहित्यतर्फ गोरखापत्रकर्मी सुकृत नेपाल, चलचित्र अनलाइन पत्रकारितातर्फ नवीन गिरी, देशप्रेम सप्ताहिककर्मी तारा सुवेदी, आलोचना साप्ताहिककर्मी गङ्गा बराल र स्पेश फोरकेकर्मी विनिता कुँवर क्षत्रीलाई कदर–पत्रद्वारा सम्मानित गरिएको थियो ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ९ : २८ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा