राष्ट्रिय युवा गायन प्रतियोगिताको उपाधि दीपक कालीराजलाई « Khabarhub

राष्ट्रिय युवा गायन प्रतियोगिताको उपाधि दीपक कालीराजलाई


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय युवा गायन प्रतियोगितामा मकवानपुरका दीपकराज कालीराज प्रथम भएका छन् । बिहीबार भएको अन्तिम प्रतिस्पर्धामा दुई प्रतिस्पर्धीलाई पछि पार्दै कालीराजले प्रथम स्थान हासिल गरेका हुन् ।

प्रतियोगितामा धनुषाका राजा राजपुत द्वितीय र रुपन्देहीका सुरज खातीले तृतीय स्थान हासिल गर्न सफल भए । युवा तथा खेलकुद मन्त्रालय, परिषद्को आयोजना र मिसन सञ्चार मल्टिमिडिया प्रालिको सहआयोजनामा प्रतियोगिता आयोजना गरिएको हो । परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले प्रतियोगिताको विजेता कालीराजलाई विजेताको ट्रफी, प्रमाणपत्र हस्तान्तरण गरे ।

उपाध्यक्ष बस्नेतले युवा लक्षित यस्ता सृजनात्मक प्रतिस्पर्धाले देशका कुना कन्दरामा लुकेर रहेका प्रतिभाशाली युवालाई आफ्नो प्रतिभा देखाउने उपयुक्त थलो भएको र यसले युवापुस्तालाई अभिप्रेरित गर्ने बताए । मिसन सञ्चार मल्टिमिडियाका अध्यक्ष पार्वती चापागाईंले विजेतालाई नयाँ गीत रेकर्डिङको लागि सम्झौतापत्र प्रदान गरे ।

विजेताको रेकर्ड गरिने नयाँ गीतको शब्द रचनाका लागि गीतकार बी पाण्डे, सुमन बैरागी र गणेश सुवेदीलाई साथै सङ्गीत भर्नका लागि सङ्गीतकार बीपी वाग्लेलाई जिम्मेवारी दिइएको थियो ।

गायन रियालिटी सोमा १६ देखि ४० वर्ष उमेरका देशभरबाट ६५ युवाले सहभागिता जनाएका थिए । डिजिटल अडिसनमा सहभागी प्रतिस्पर्धी मध्येबाट २१ जना छनौट गरी फिजिकल अडिसन अर्थात फिजिकल प्रतिस्पर्धाका लागि राजधानी काठमाडौँ बोलाइएको थियो ।

सोही २१ जना प्रतिस्पर्धी मध्येबाट शीर्ष नौ, शीर्ष छ र शीर्ष तीन गरी विजेताको टुङ्गो लगाइएको थियो । प्रतियोगितामा सङ्गीतकार बीपी वाग्ले, लोक गायिका देवी घर्तीमगर र गायक भद्र वलीले निर्णायकको भूमिका निभाएका थिए ।

कार्यक्रम सञ्चालन वरिष्ठ सञ्चारकर्मी हेम सुवेदीले गरेका थिए । अवसरमा विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा योगदान दिएका पत्रकारमध्ये पर्यटनतर्फ राससकर्मी सिबी अधिकारी, फोटो पत्रकारितामा कान्तिपुरकर्मी प्रकाशचन्द्र तिमिल्सिना, कला साहित्यतर्फ गोरखापत्रकर्मी सुकृत नेपाल, चलचित्र अनलाइन पत्रकारितातर्फ नवीन गिरी, देशप्रेम सप्ताहिककर्मी तारा सुवेदी, आलोचना साप्ताहिककर्मी गङ्गा बराल र स्पेश फोरकेकर्मी विनिता कुँवर क्षत्रीलाई कदर–पत्रद्वारा सम्मानित गरिएको थियो ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ९ : २८ बजे

नुवाकोट–१ मा प्रतिनिधि सभाका लागि डा. प्रकाशशरण महत एकल सिफारिस

काठमाडौं– नुवाकोट क्षेत्र नं–१ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कांग्रेसका

‘निर्वाचनका साथै भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि अघि बढाइरहेका छौँ’

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका साथै भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि सँगसँगै

‘तीन हप्तामा एक लाख ४६ हजार भन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता’

एजेन्सी– पछिल्लो १८ दिनमा इरान, पाकिस्तान र टर्कीबाट एक लाख

माओवादीप्रति जनताको आस्थालाई जोगाउँदै अघि बढ्छौँ : प्रकाण्ड

काठमाडौं– विप्लव नेतृत्वको नेकपा (माओवादी) का प्रवक्ता खड्ग बहादुर विश्वकर्मा

दोस्रो ओभरमै लुम्बिनीले लियो दुई ओपरनसहितको ३ विकेट 

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को दोस्रो बिहीबार