सिमलताल दुर्घटना : बेपत्ता यात्रु र बसको बिहानैदेखि खोजी सुरु | Khabarhub Khabarhub

सिमलताल दुर्घटना : बेपत्ता यात्रु र बसको बिहानैदेखि खोजी सुरु


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूली नदीमा खसेका दुईवटा बस र त्यसमा रहेका यात्रुको अवस्था अझै अज्ञात रहेको छ ।

शुक्रबार र शनिबार सेना र सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरीले खोजी गरे पनि तीनजनाको मात्रै शव फेला परेको छ । जसमध्ये दुई जनाको पहिचान खुलेको छ ।

पहिचान खुल्नेमा सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साह रहेका छन् ।

बाँकी यात्रु र बसको आज पनि खोजी सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आजबाट ठूलो चुम्बक प्रयोग गरेर बसको खोजी  गरिने छ ।

दुर्घटनास्थलको निरीक्षणका लागि आज गृहसचिव एकनारायण अर्यालसहित केन्द्रीय सुरक्षा प्रमुखहरु सिमलताल पुगेका छन् ।

गत शुक्रबार काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए ।

काठमाडौँबाट गौरका लागि गएका बसमा २७ र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बसमा २४ यात्रु रहेको बताइएको छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ७ : ५० बजे

जाँचबुझ आयोगलाई आईजीपी खापुङले बुझाए स्पष्टीकरण

काठमाडौँ– नेपाल प्रहरीका आईजीपी चन्द्रकुबेर खापुङले सरकारले गठन गरेको जाँचबुझ

‘नवजात शिशुको २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य’

काठमाडौं – चिकित्सकले निर्धारित समय अघि नै जन्मिएका नवजात शिशुको

काभा यु–१९ महिला भलिबलः नेपालले माल्दिभ्सलाई हरायो

काठमाडौं – श्रीलङ्काको कोलम्बोमा जारी सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा)

विमलाको ह्याट्रिक, आर्मी सेमिफाइनलमा

झापा- विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा एफसीलाई

एसएसपी प्रकाश रानाभाटको राजीनामा स्वीकृत

काठमाडौं – नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटको राजीनामा