कोपा अमेरिका तेस्रो स्थानको सनसनीपूर्ण भिडन्त : टाइब्रेकरमा उरुग्वे विजयी | Khabarhub Khabarhub

कोपा अमेरिका तेस्रो स्थानको सनसनीपूर्ण भिडन्त : टाइब्रेकरमा उरुग्वे विजयी


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोपा अमेरिका फुटबल अन्तर्गत तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा क्यानडाविरुद्ध उरुग्वे विजयी भएको छ।

निर्धारित समयमा २-२ को बराबरीमा खेल सकिएपछि टाइब्रेकरमा उरुग्वे क्यानडाविरुद्ध ४-३ ले विजयी भएको हो।

रोचक खेलमा सुरुवाती अग्रता लिएको उरुग्वेलाई क्यानडाले उछिनेको थियो। तर ९० मिनेटपछिको थप दुई मिनेटमा उरुग्वेले बराबरी गोल गर्दै खेललाई टाइब्रेकरमा पुर्यायो।

खेलको आठ मिनेटमा सुरुवाती अग्रता लिएको उरुग्वेविरुद्ध २२ औं मिनेटमा गोल गर्दै क्यानडाले बराबरी गरेको थियो। उरुग्वेका लागि आठौं मिनेटमा रोड्रिगोले गोल गरे भने क्यानडाका लागि बराबरी गोल २२ औं मिनेटमा इस्माइल कोनेले गरे।

पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलको ८० औं मिनेटमा क्यानडाका जोनाथन डेभिडले गोल गर्दै २-१ को अग्रता बनाएका थिए। तर, ९० मिनेटपछि अतिरिक्त समयको दोस्रो मिनेटमा उरुग्वेका लागि लुइस स्वारेजले गोल गर्दै खेल २-२ बराबरीमा फर्काएका थिए। अतिरिक्त समयको स्वारेजको गोल नै उरुग्वेका लागि बरदान सावित भयो ।

टाइब्रेकरमा क्यानडालाई ४-३ ले पराजित गर्दै उरुग्वे विजयी भएको हो।

सेमिफाइनलमा क्यानाडा अर्जेन्टिनासँग र उरुग्वे कोलम्बियासँग पराजित भएपछि उनीहरुको भेट तेस्रो स्थानका लागि भएको हो।

कोपा अमेरिकाको फाइनल भिडन्त अर्जेन्टिना र कोलम्बियाबिच सोमबार बिहान पौने ६ बजे हुनेछ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ८ : ०४ बजे

८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाएपछि…

झापा– झापाको बुद्धशान्ति गाउँपालिका– ६ सन्तपुरका एक वृद्धले आफ्नो शरीरमा

राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्नेमा जोड

गुल्मी– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्व एवं विकासका

सहरलाई सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमैत्री बन्दै काठमाडौं महानगरपालिका

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले आफ्नो भौगोलिक क्षेत्रमा जडान हुने सीसीटीभी

गण्डकी प्रदेशसभा : गाँजाखेतीसम्बन्धी विधेयक विषयगत समितिमा

पोखरा– गण्डकी प्रदेशसभामा सामान्य छलफलपछि संशोधन प्रस्तावसहित ‘औषधिजन्य तथा औद्योगिक

नेपालको निर्वाचनमा सक्दो सहयोग गर्ने चीनकाे प्रतिबद्धता

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन् सङले आम निर्वाचन सफलतापूर्वक