एकैदिन ५२.९७ अंकले बढ्यो नेप्से, ५ महिनापछि ७ अर्ब बढीको कारोबार « Khabarhub

एकैदिन ५२.९७ अंकले बढ्यो नेप्से, ५ महिनापछि ७ अर्ब बढीको कारोबार


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आज साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ । करिब ५ महिना पछि ७ अर्ब बढीको कारोबार भएको छ ।

आज एकै दिन ५२.९७ अंकले नेप्से बढेर बजारमा उछाल आएको हो । आइतबार नेप्से २.४० प्रतिशतले बढेर २२५७.५९ विन्दुमा पुगेको छ । आज नेप्से परिसूचक उच्चतम २२९०.९५ विन्दुसम्म पुगेको थियो । तर पछि फेरी करेक्सन भएर बजार बन्द हुँदा भने २२५७ विन्दु कायम रहयो । नेप्सेको उक्त विन्दु करिब एक वर्ष यताकै सबैभन्दा बढी हो ।

नेप्से बढेसँगै आज कारोबार पनि उछाल आएको छ । आज एकै दिन ७ अर्ब बढीको करोबार भएको छ । जुन करिब ५ महिना यताकै सबैभन्दा बढी हो ।

आज ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ । ७ अर्ब बढीको कारोबार २०८० साल माघ ७ गते भएको थियो । उक्त दिन नेप्से २५ अंकले घट्दा ७ अर्ब ६३ करोड २८ लाख ९० हजार रुपैयाँको कारोबार भएको थियो ।

आज सबैभन्दा बढी जीवन बीमा समूहमा उछाल आएको छ । एकै दिन जीवन बीमा समूह २२०.८५ अंकले बढेर १०९४८.५९ विन्दुमा पुगेको छ । आज २०१ वटा कम्पनीको शेयर मूल्य बढ्दा निर्जीवन बीमा समूह पनि १४०.४८ अंकले बढेर ११२८२.७० विन्दुमा पुगेको छ ।
आइतबार ३६ वटा कम्पनीको शेयर मूल्य घट्दा सबैभन्दा कम म्युचअल फण्डको शेयर मूल्य बढेको छ । म्युचअल फण्ड समूह ०.३४ अंकले बढेर २०.०८ विन्दुमा पुगेको छ ।

आज ३०९ वटा कम्पनीको शेयर कारोबारमा आउँदा ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ३ : २५ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले