बेपत्ता बस र यात्रु खोज्न यसरी खटेका छन् सुरक्षाकर्मी (तस्बिरहरू) « Khabarhub

बेपत्ता बस र यात्रु खोज्न यसरी खटेका छन् सुरक्षाकर्मी (तस्बिरहरू)


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको सिमालतालमा लेदोसहितको पहिरोमा परेर शुक्रबार बिहानदेखि त्रिशूली हराइरहेका दुई यात्रु बसको खोजी आइतबार पनि जारी छ ।

बिहानैदेखि सुरक्षाकर्मीले उद्धार र खोजी अभियानलाई जारी राखेका हुन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आइतबार बिहानदेखि खोजी सुरु गरेका हुन् । नदीमा पानीको सतह केही घटे पनि यात्रु बस अझै भेटिएका छैनन् ।

घटनाको तीन दिनपछि आइतबार भरतपुर महानगरपालिका मेयर रेणु दाहाल सिमलताल पुगिन् ।

नेपाली सेनाको विपद् व्यवस्थापन गण आँपटाडीले समेत घटनास्थलमा ३ जना गोताखोर खटाएर खोजी गरिरहेको छ ।

सशस्त्र प्रहरी बलको कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट १० जना गोताखोरसहितका टोलीले चितवनको घुमाउनेबाट खोजी सुरु गरेको छ ।

पानीभित्र क्यामरा पठाएर खोज्ने कार्यसमेत सुरु भएको छ । गरेका छन् । क्यामराको प्रयोगले नदीको २० मिटर तलसम्म हेर्ने सकिने शिक्षालयका सहायक समादेशक जनक पुरीले बताए ।

त्यसैगरी कुरिनटार क्षेत्रका विभिन्न रेशोर्थारुले पनि खोजी तथा उद्धारमा डुङ्गा परिचालन गरेका छन् ।

नारायणगढ मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरोमा परेर शुक्रबार बिहान दुई यात्रुबस र करिब ६५ जना त्रिशूलीमा खसेका थिए । जसमा तीनजनाले ज्यान जोगाउन सफल भएका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ३ : ४३ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका