हिटबाट भाइरल राजबल्लभ « Khabarhub

हिटबाट भाइरल राजबल्लभ


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कुनै समयका चर्चित नायक राजबल्लभ कोइराला पछिल्लो ८ वर्ष गुमनाम रहे । उनी अरु कलाकारको पदचाप पछ्याउँदै अमेरिका पलायन भए ।

सन् २००७ मा प्रदर्शन भएको उनको पहिलो फिल्म ‘पर्खी बसेँ’ नै हिट भएको थियो । सन् २००८ मा उनका ६ फिल्म प्रदर्शनमा आए । अमेरिका पलायनअघि उनले केही बल्कबस्टर र आधा दर्जन हिट फिल्म दिए । अर्थात् उनले त्यसबेला हिट नायकका रुपमा स्टारडम चाख्न पाए ।

फिल्म ‘एक्टर’मार्फत राजबल्लभ ८ वर्षपछि छायांकनमा फर्किए । यस फिल्ममा अनुबन्ध भएसँगै उनको नेपाल केन्द्रित स्ट्याटसहरु बाक्लैरुपमा सार्वजनिक हुन थाले । त्यो क्रम अझै रोकिएको छैन ।

आफ्नो अंशको छायांकन र डबिङको काम सकाएर उनी अमेरिका फर्किएको करिब चार हप्ता भयो । नेपाल बसाइँका दौरान उनले दिएको अन्तर्वार्ता भाइरल बनेको छ । उनका अभिव्यक्तिलाई विवादित ठान्ने एक जमात पनि छ ।

साजन श्रेष्ठसँगको अन्तर्वार्तामा फिल्म क्षेत्रमा आफ्नो सुरुवाती दिनबारे उनले खुलेर कुरा राखेका छन् । उनका भनाइहरू नेपाली फिल्म क्षेत्रको वातावरण र निर्माणकेन्द्रित छन् ।

उनका अअभिव्यक्ति 

– छायांकनका क्रममा अंग्रेजी बोल्दा राजेश हमाल बन्न खोज्यो भन्थे ।

– हिन्दी फिल्मको नक्कल हुन्थ्यो । मलाई हिन्दी फिल्मको सीडी दिएर यो पात्रका लागि तयारी गरेर आउनु भनिएको थियो ।

– मलाई गितार बजाउन आउँदैनथ्यो । एउटा फिल्ममा गितार बजाउनुपर्ने । मलाई कसैले गितार बजाउँदा औँला परिवर्तन गर भनेनन् । पछि औँला नचलाएको दृश्य हेरेर म्युजिसियन साथीहरू हाँसे । सहायक निर्देशकलाई पनि औँला चलाउने ज्ञान रहेनछ ।

– त्यसबेला आलोचना गर्ने दर्शक नै थिएनन् । मेकरले पनि गल्ती स्वीकारेनन् । त्यही भएर अहिले पूराना फिल्का क्लिपहरू ट्रोल बन्छन् ।

यिनै विषयलाई लिएर केही मिडियाले ‘स्टार बनाएको क्षेत्रलाई मजाक बनाए’ भनेर समाचार प्रकाशन गरे । जसबारे उनले सामाजिक सञ्जालमार्फत् खण्डन गर्नुपर्यो‍ ।

रमाइलो प्रकृतिको कार्यक्रमकै शैलीमा आफ्ना अनुभूति सुनाएको बताउँदै उनले भनेका छन्, ‘गितार बजाउन जानिनँ, पहिलो चलचित्रमा द्वन्द्वको ज्ञान नहुँदा मुक्का खाएँ भन्नु कहाँ, कसरी, कसको मजाक भयो ? कुनैबेला चलचित्रका विषयवस्तु कमजोर हुन्थे, कथाहरू भारतीय सिनेमासँग प्रभावित हुन्थे भन्ने कुरा कँहा गलत छ ?’

‘नकारात्मक शीर्षक राखेर समाचार प्रकाशन गर्नुका’ कारण रिस, डाह र नेपाल रहँदा नभेटको बदला रहेको भन्दै उनले सांकेतिक रुपमा घोचपोच गरेका छन् ।

जे होस् उनको उक्त अन्तर्वार्ता सामाजिक सन्जालमा भाइरल बनेको छ । अन्तर्वार्ताका अन्य रमाइला क्लिप सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती फैलिएका छन् ।

राजबल्लभ हिट नायक हुँदा समामाजिक सञ्जालको प्रयोग कम थियो । अहिले समय फेरिएको छ । त्यसबेला टिह शब्द प्रयोग हुन्थ्यो, अहिले भाइरल शब्द प्रयोग हुन्छ ।

आठ वर्षपछि फिल्म क्षेत्रमा फर्किएर राजबल्लभले भाइरलको स्वाद चाख्न पाए । उनले लेखेका छन्, ‘…ठिकै छ, जिन्दगीमा यत्तिको चर्चा त हुनु नै थियो, कति अरु मात्रै भाइरल हुने त नि ?…’

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ४ : २१ बजे

इरानमाथि प्रहार गर्न हजार क्षेप्यास्त्र तयार रहेको ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै

काठमाडौंको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास

काठमाडौं– काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक जनाले आत्मदाहको प्रयास गरेका

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,