मुकुलले ‘भिक्टिम कार्ड’ प्रयोग गर्दैछन् :मनीष झा « Khabarhub

मुकुलले ‘भिक्टिम कार्ड’ प्रयोग गर्दैछन् :मनीष झा


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


870
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक प्रवक्ता मनीष झाले कारबाहीमा परेका महामन्त्री डा मुकुल ढकालका योजनाहरू विफल भएपछि ‘भिक्टिम कार्ड’ प्रयोग गरेको आरोप लगाएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत झाले ढकाल जथाभावी बोल्दै हिँडेकाले उनको परिवारलाई हेरचाहका लागि अनुरोध समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘स्पष्ट रूपमा अरूबाट परिचालित देखिनेगरि रास्वपामा समस्या खडा गर्न निरन्तर लागिरहेका पार्टीबाट कारबाहीमा समेत परेका मुकुल ढकालका योजनाहरू सारा विफल भएपछि अब उनी भिक्टिम कार्ड खेल्दैछन। म एक शुभचिन्तकको नाताले मुकुलजीको परिवारलाई उहाँको राम्रो हेरचाह गर्न अनुरोध गर्दछु।’

यस्ताे छ मनीष ढकालकाे फेसबुक स्टाटसः

स्पष्ट रूपमा अरूबाट परिचालित देखिनेगरि रास्वपामा समस्या खडा गर्न निरन्तर लागिरहेका पार्टीबाट कारबाहीमा समेत परेका मुकुल ढकालका योजनाहरू सारा विफल भएपछि अब उनी भिक्टिम कार्ड खेल्दैछन।

प्रेस मिट गरे, साराले गाली गरे। टिकाराम यात्रीसँग अन्तर्वार्ता गरेर कसलाई के आरोप लगाउँदा जनताले पत्याउँछन् भन्ने सोचेर झुठ माथि झुठ बोले, जग हँसाइ भो, थप गाली खाए। अब मलाई कुट्न आँटे भनेर हल्ला मच्चाउदैछन, स्वर्णिम वाग्ले जस्तो शालीन व्यक्तिले त्यस्तो गर्नु होला भन्ने कुरा मान्छेले पत्याउलान् भन्ने अवस्थामा मुकुल जी पुगेछन। समानुपातिक लगायतका विषयमा पार्टी भित्र निरन्तर संवाद र बहस चलिरहेकै छ।
मुकुलजीले खोजे अनुसार मिडियाले अझै अटेन्सनपनि देला।
अब यसपछिको मुकुलजीको सम्भावित प्लानः
-जिल्ला जिल्ला जाने, यसै गरी अन्ट सन्ट बोल्ने, कुटाई खाने प्रयास गर्ने र भन्ने रविले, स्वर्णिमले मान्छे लगाएर कुटाए।
-कुनै कृत्रिम दुर्घटनाको योजना बनाउने र दोष लगाउन खोज्ने।
-महामन्त्री अझै पनि मै हुँ भनेर अनधिकृत रूपमा पार्टी कार्यालय आउने, हुल हुज्जत गर्ने र गिरफ्तार हुने अनेकौँ प्रयास गर्ने
-त्यसपछि फेरि पार्टी कार्यालय अगाडि आमरण अनसन बस्ने
-अनेकौँ अप्रिय प्रयासहरू गर्ने र दोष पार्टी र नेताहरूलाई लगाउने।
-म एक शुभचिन्तकको नाताले मुकुलजीको परिवारलाई उहाँको राम्रो हेरचाह गर्न अनुरोध गर्दछु।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ८ : ५६ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले