तनहुँमा खोलामा डुबेर दुईको मृत्यु « Khabarhub

तनहुँमा खोलामा डुबेर दुईको मृत्यु


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँमा खोलामा डुबेर दुईको मृत्यु भएको छ । व्यास नगरपालिका–५ साँगखोला र भानु नगरपालिका–६ चुँदीखोलामा डुबेर दुईको मृत्यु भएको प्रहरीले जनाएको हो ।

साँगेखोलामा डुबेर सोही वडाको बरबोटेका २० वर्षीय शिशिर कुमाल रहेका छन् । घरदेखि करिब एक किलोमिटर टाढा रहेको साँगे खोलामा डुबेको अवस्थामा स्थानीयले उद्धार गरी दमौली अस्पताल पु¥याएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

यस्तै भानु नगरपालिका–६ लेङ्गाबारीमा चुँदीखोलाले बगाएर ४० वर्षीय निमबहादुर मस्राङ्गीको मृत्यु भएको छ । शनिबार नुहाउने क्रममा बगाएका उनको शव आज भानु नगरपालिका–५ पञ्चनगरस्थित खोला छेउमा भेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ९ : २३ बजे

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ