प्रधानमन्त्री ओलीले भने : जिम्मेवारी आयो, सफलतापूर्वक पूरा गर्नेछु | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीले भने : जिम्मेवारी आयो, सफलतापूर्वक पूरा गर्नेछु


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने बताएका छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई चपलीस्थित निवासमा भेटेर निजी निवास बालकोटमा फर्किएपछि उनले यस्तो बताएका हुन् ।

‘मलाई जिम्मेवारी आएको छ, सफलतासाथ पूरा गर्छु,’ उनले भने, ‘यो जिम्मेवारी बहन गर्न गम्भीरतापूर्वक लिएर अघि बढ्छु ।’

ओलीले देशमा अहिले भइरहेको बाढीपहिरोको बिपत्तिबारे तत्कालै समीक्षा गरेर समाधानका उपाय खोज्न पहल गरिने बताएका छन् । बाढीपहिरोको संकटका बेला सरकार फेरबदलमा लागेको भन्दै दलहरूको आलोचना भइरहेको छ।

ओलीलाई आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ ९२० अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । उनले सोमबार शीतल निवासमा शपथ ग्रहण गर्ने तयारी छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ९ : ५० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका