शिक्षक सरुवा विवादमा जब मेयर र वडाअध्यक्षबीच विद्यालयमै मुक्कामुक्की भयो | Khabarhub Khabarhub

शिक्षक सरुवा विवादमा जब मेयर र वडाअध्यक्षबीच विद्यालयमै मुक्कामुक्की भयो


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


43.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षक सरुवाको विषय कति जटिल र जनप्रतिनिधिको स्वार्थको विषय बनेको छ भन्ने उदाहरण बाराबाट आएको छ ।

जहाँ एकजना शिक्षक सरुवाको विषयमा दुई जनप्रतिनिधिबीच कुरा नमिल्दा कुटाकुट र हात हालाहालकै अवस्था उत्पन्न भयो ।

मंगलबार दिउँसो जितपुर सिमरा उपमहानगरपालिका-२ स्थित सिमरा नेरा नमूना माध्यमिक विद्यालयमा मेयर राजन पौडेल र एकजना वडाअध्यक्षबीच शिक्षक, प्रहरी र स्थानीयबासीकै बीचमा कुटाकुट भएको हो ।

दुईजना शिक्षकको सरुवामा स्वार्थ बाझिँदा मेयर राजन पौडेल र वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठबीचको विवादले उग्र रुप लिँदा यी दुईजनाबीच कुटाकुट नै भएको हो, त्यो पनि विद्यालयभित्र, प्रहरीकै अगाडि ।

मेयर पौडेलले वडा नम्बर-२ स्थित सिमरा नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालयका शिक्षक मेघराज गिरीलाई वडा नम्बर ७ स्थित फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा सरुवा गरेका थिए ।

मेयरको निर्णयमा फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका सीता अधिकारीलाई सरुवा गरेर वडा नम्बर २ स्थित सिमरा नेरा नमूना माध्यमिक विद्यालयमा पठाएका थिए ।

तर नगर प्रमुखले उक्त निर्णय एकलौटी गरेका भन्दै वडाअध्यक्ष श्रेष्ठले शिक्षिक अधिकारीलाई हाजिर गराउन तयार भएनन् । आफ्नो वडास्थित सिमरा नेरा नमूना माध्यमिक विद्यालयका शिक्षक मेघराज गिरी ६ महिनाअघि मात्रै सरुवा भएर आएको उनको तर्क थियो । श्रेष्ठ शिक्षा ऐनमा पनि ६ महिना नपुग्दै शिक्षक सरुवा गर्न नमिल्ने उल्लेख भएकाले मेयरको निर्णय कानुनविपरीत भएको अडानमा थिए ।

उनले आफ्नो वडामा मेयरले सल्लाह नै नगरी गरेको शिक्षक सरुवालाई कुनै हालतमा नस्वीकार्ने बताएका थिए । उनको कुराले आक्रोशित मेयर पौडेल आफैं शिक्षिका अधिकारीलाई सिमरा नेरा नमूना माध्यमिक विद्यालयमा हाजिर गराउन पुगे ।

तर वडाअध्यक्ष श्रेष्ठ अधिकारीलाई हाजिर गराउन तयार भएनन् । शिक्षक गिरी आएपछि विद्यालयको पढाई राम्रो भएको जिकिरसहित उनले अधिकारीलाई कुनै हालतमा हाजिर नगराउने अड्डी कसे ।

त्यसपछि सिमरा नेरा नमूना माध्यमिक विद्यालयको कार्यालय कक्षमै विवाद भएको थियो । विवाद बढ्दै गएपछि मेयर पौडेल र वडाअध्यक्ष श्रेष्ठबीच विद्यालयभित्रै कुटाकुट भएको हो ।

मेयर पौडेल र वडाअध्यक्ष श्रेष्ठबीच विवाद चर्किँदै गएपछि स्थानीयले प्रहरीलाई बोलाए । त्यसपछि इलाका प्रहरी कार्यालय सिमराबाट डीएसपी चिरञ्जीवी पौडेल त्यहाँ खटिए। प्रहरीले विवाद बढाउन उचित नहुने भन्दा भन्दै मेयर पौडेल र श्रेष्ठबीच विद्यालयभित्रै घम्साघम्सी र कुटाकुट भयो । वडाध्यक्ष श्रेष्ठसँग कुटाकुटमा उत्रिएका मेयर पौडेल उक्त विद्यालयमा शिक्षिका अधिकारीलाई हाजिर नगराई हिँडे ।

विद्यालयमा कुटाकुट गरेको विषय वडा नम्बर १६ का अध्यक्ष हरिदेव खरेलले सार्वनजिक गरिदिए । ६ महिनाअघि मात्रै आएका शिक्षक गिरीलाई सरुवा गर्न नहुने अडानमा रहेका वडाध्यक्ष र शिक्षिका अधिकारीलाई हाजिर गराउन कस्सिएका मेयर पौडेलबीच कुटाकुटको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ ।

‘मेघराज सरलाई ६ महिनाभित्रै सरुवा गरिएपछि आक्रोश हुनु स्वभाविक हो’, वडाअध्यक्ष श्रेष्ठले भने, ‘मेघराज सरले राम्रो पढाउँददा पढाउँदै सरुवा गरिएको हो । मेयरले यसबारे मसँग सल्लाह पनि गर्नु भएको थिएन । हामी मेघराज सरको रवाना दिँदैनौँ, सीता मिसलाई हाम्रो वडामा हाजिर गराउन सकिँदैन।’

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १२ : ५९ बजे

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

बुटवल– लुम्बिनी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

विपक्षी दलहरुको बैठक सिंहदरबारमा बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको बैठक बोलाएको छ ।

इन्जुरी समयको गोलले चेल्सीलाई एक अङ्क

काठमाडौं – चोटबाट फर्किएर मैदानमा उत्रेका कप्तान रिस जेम्सले इन्जुरी

सदनसँग डराएर सरकारले अध्यादेशको सहारा लिन थाल्यो : डीपी अर्याल (अन्तर्वार्ता)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले प्रतिपक्षी भूमिकामा छ ।

म्यानचेस्टर सिटीको उपाधि यात्रामा धक्का

काठमाडौं – म्यानचेस्टर सिटीको लगातार पाँचौँ पटक प्रिमियर सिप उपाधि