फिल्म ‘जन्ते बाख्रो’मा आशिफको प्रवेश | Khabarhub Khabarhub

फिल्म ‘जन्ते बाख्रो’मा आशिफको प्रवेश


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं फिल्म ‘जन्ते बाख्रो’ मा आशिफ शाहको प्रवेश भएको छ । उनी फिल्मको मुख्य भूमिकामा अनुबन्ध भएका हुन् । 

निर्माण पक्ष र शाहबीच कागजी सम्झौता भइसकेको छ । निर्देशक सिमोस सुनुवार रोडिजमा व्यस्त भएका कारण फिल्मको छायांकन तिहारपछि मात्रै हुने बताइएको छ । 

यसअघि फिल्म शीर्ष भूमिकामा नायक सौगात मल्ल अनुबन्ध भइसकेका छन् । नायिका लगायतका केही कलाकारका लागि निर्माण पक्षले अडिसन खुलाएको छ । 

निर्देशक सिमोसका अनुसार कलाकार छनोटको काम केही दिनमा सुरु हुनेछ । अडिसनमा सहभागी हुन करिब ४ सयले आवेदन दिएको उनको भनाइ छ । 

कमेडी जनरामा बन्ने यस फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । मुईन इन्टरटेनमेन्टको ब्यानरमा बन्ने यस फिल्ममा सन्तोष गौतम र निर्देशक सिमोसको लगानी रहनेछ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १ : २७ बजे

जबालियामा इजरायली हमला, १५ जनाको मृत्यु

एजेन्सी – गाजाको नागरिक सुरक्षा निकायले बुधबार क्षेत्रको उत्तरी भागमा

नागढुङ्गा–नौबिसे–मुग्लिन सडकलाई तीव्रता दिन मन्त्री दाहालको निर्देशन

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा नौबिसे मुग्लिन

लोकतन्त्रमा प्रेस स्वतन्त्रता अनिवार्य : कृष्णप्रसाद सिटौला

मोरङ – नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभामा सो पार्टीका संसदीय

भीम रावलले सोधे केपी ओलीलाई ७४ प्रश्‍न

काठमाडौं– नेकपा एमालेबाट निष्कासित नेता डा. भीमबहादुर रावलले प्रधानमन्त्रीसमेत रहेका

उच्च शिक्षालाई अनुसन्धान मुलुक बनाउनुपर्छ : शिक्षामन्त्री

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उच्च शिक्षालाई अनुसन्धानमूलक