नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि सकिएको सन्देश दिँदैछौँ : प्रधानमन्त्री « Khabarhub

नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि सकिएको सन्देश दिँदैछौँ : प्रधानमन्त्री


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको करकापमा नपरी, पीडितमैत्री बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयकलाई अघि बढाइएको बताएका छन् ।

प्रतिनिधिसको बुधबारको बैठकको सुरुवातमै सम्बोधन गर्दै उनले बुधबार नै प्रतिनिधिसभाले छलफलपछि पारित गर्ने र केही दिनभित्र राष्ट्रियसभाले पनि पास गर्ने बताए ।

‘पीडितमैत्री, कुनै करकापमा नपरीकन सहमतिको साथ यस दस्ताबेजलाई अगाडि बढाएका छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘आज छलफल पछि प्रतिनिधिसभाले यसलाई पारित गर्छ । केही दिनभित्र राष्ट्रियसभाले पास गर्ने छ । यो शान्तिका पक्षधरहरुका लागि खुशीको विषय हो ।’

उनले ऐन बनिसकेपछि आयोगहरु निर्माण गरिने र आयोगलाई काम गर्न कानुनले अनुकूलता गरेको बताए । ‘सरकारको तर्फबाट म भन्न चाहन्छु, सहमतिका साथ आयोगहरु बन्ने छन् । प्रभावकारी आयोग बन्ने छन्,’ ओलीले भने, ‘त्यसलाई सकारको तर्फबाट पूराका पूरा सहयोग हुन्छ ।’

सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी दुवै प्रश्नमा सही निष्कर्षका साथ छोटो अवधिभित्र नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भइसक्यो भन्ने सन्देश दिन सफल बनिने उनको भनाइ छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १ : ३८ बजे

गरिबीले रोकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर– अङ्ग्रेजी नयाँ वर्ष–२०२६ आजदेखि सुरु भएको छ । नयाँ

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६

मन्त्री खरेलबाट ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु सङ्ग्रहालयको

मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतले वृद्धि

मुस्ताङ– धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या