कुनै करकापमा टीआरसी विधेयक अघि बढाइएको हैन : प्रधानमन्त्री ओली « Khabarhub

कुनै करकापमा टीआरसी विधेयक अघि बढाइएको हैन : प्रधानमन्त्री ओली


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको करकापमा नपरी, पीडितमैत्री बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयकलाई अघि बढाइएको बताएका छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुवातमै सम्बोधन गर्दै उनले आजै प्रतिनिधिसभाले छलफल पछि पारित गर्ने र केही दिनभित्र राष्ट्रियसभाले पनि पास गर्ने बताए ।

‘पीडितमैत्री, कुनै करकापमा नपरीकन सहमतिको साथ यस दस्ताबेजलाई अगाडि बढाएका छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘आज छलफल पछि प्रतिनिधिसभाले यसलाई पारित गर्छ । केही दिनभित्र राष्ट्रियसभाले पास गर्ने छ । यो शान्तिका पक्षधरहरूका लागि खुशीको विषय हो ।’   

उनले ऐन बनिसकेपछि आयोगहरू निर्माण गरिने र आयोगलाई काम गर्न कानुनले अनुकूलता गरेको बताए ।

 ‘सरकारको तर्फबाट म भन्न चाहन्छु, सहमतिका साथ आयोगहरू बन्ने छन् । प्रभावकारी आयोग बन्ने छन्,’ ओलीले भने, ‘त्यसलाई सकारको तर्फबाट पूराका पूरा सहयोग हुन्छ ।’ 

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविनसमबन्धी दुबै प्रश्नमा सही निष्कर्षका साथ छोटो अवधिभित्र नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भइसक्यो भन्ने सन्देश दिन सफल भइने उनको भनाइ छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  २ : ०५ बजे

मधेसमा ३०० भन्दाबढीले गरे मतदान (तस्बिरहरू)

जनकपुरधाम– मधेस–प्रदेशको राजधानी जनकपुरधाममा भइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनमा अपराह्न २ः०० बजेसम्म

बल्छीको ‘गोबर गणेश’ले व्यापार ९ दिनमा १ करोड नाघ्यो

काठमाडौं – मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को लेखन, निर्देशन, शीर्ष भूमिका

आमाको दूधको विकल्प खोज्न नहुनेमा सरोकारवालाको जोड

वालिङ– सरोकार भएका निकायका प्रतिनिधिले शिशुका लागि आमाको दूधको विकल्पमा

‘पारस’को नायिकामा जशिताको प्रवेश, निखिल जोडी बन्ने

काठमाडौं – कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको फिल्म ‘पारस’मा नायिका

बालेनलाई ईको कटाक्ष : बहसमा चिप्लिनुभन्दा मञ्चन र नियोजित प्रस्तुति देखाउनु नै बेस !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवार बालेन्द्र शाहले