कुनै करकापमा टीआरसी विधेयक अघि बढाइएको हैन : प्रधानमन्त्री ओली « Khabarhub

कुनै करकापमा टीआरसी विधेयक अघि बढाइएको हैन : प्रधानमन्त्री ओली


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको करकापमा नपरी, पीडितमैत्री बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयकलाई अघि बढाइएको बताएका छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुवातमै सम्बोधन गर्दै उनले आजै प्रतिनिधिसभाले छलफल पछि पारित गर्ने र केही दिनभित्र राष्ट्रियसभाले पनि पास गर्ने बताए ।

‘पीडितमैत्री, कुनै करकापमा नपरीकन सहमतिको साथ यस दस्ताबेजलाई अगाडि बढाएका छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘आज छलफल पछि प्रतिनिधिसभाले यसलाई पारित गर्छ । केही दिनभित्र राष्ट्रियसभाले पास गर्ने छ । यो शान्तिका पक्षधरहरूका लागि खुशीको विषय हो ।’   

उनले ऐन बनिसकेपछि आयोगहरू निर्माण गरिने र आयोगलाई काम गर्न कानुनले अनुकूलता गरेको बताए ।

 ‘सरकारको तर्फबाट म भन्न चाहन्छु, सहमतिका साथ आयोगहरू बन्ने छन् । प्रभावकारी आयोग बन्ने छन्,’ ओलीले भने, ‘त्यसलाई सकारको तर्फबाट पूराका पूरा सहयोग हुन्छ ।’ 

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविनसमबन्धी दुबै प्रश्नमा सही निष्कर्षका साथ छोटो अवधिभित्र नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भइसक्यो भन्ने सन्देश दिन सफल भइने उनको भनाइ छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  २ : ०५ बजे

यस्तो छ इच्छाकामनाको नयाँ आधारभूत अस्पताल (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा रहेको इच्छाकामना आधारभूत अस्पतालले पहिलोपटक

प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र