प्रचण्डले भने- नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना « Khabarhub

प्रचण्डले भने- नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना रहेको बताएका छन् ।

संसद्‍मा पेश भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारेको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।

दाहालले उनले संसारभर चल्ने युद्धहरू कि जीत कि हारमा परिणत हुने बताउँदै नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम रहेको दाबी गरे ।

‘नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना हो । यदि यही शान्ति प्रक्रिया यूरोप वा पश्चिमा मुलुकमा भएको भए सायद यसको मान्यता र यसलाई स्थापित गर्ने काम ठूलो स्केलमा हुने थियो,’ उनले भने, ‘संसारभर नै चल्ने युद्ध कि त हारमा परिणत भएका छन्, कि त सम्पूर्ण रुपले जितमा । तर, नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम शान्ति प्रक्रियाका रुपमा छ ।’

शान्ति प्रक्रियामा नेपालका अनुभव निकै मौलिक रहेका उनले बताए । ‘हाम्रै गृह, हाम्रै जलवायु, हाम्रै संस्कृतिअनुकूल हुर्किएको शान्ति प्रक्रियाका रुपमा यो छ । यसमा अरु देशको नक्कल यो छैन ।’

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  २ : ४८ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना