३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?  | Khabarhub Khabarhub

३४ अंकले बढ्यो नेप्से, कारोबार कति ? 


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३४.२९ अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.१७ प्रतिशतले बढेर दुई हजार नौ सय ५७ दशमलव ७५ को विन्दुमा कायम भएको हो ।

आज तीन सय ३२ कम्पनीको पाँच करोड १२ लाख ३० हजार तीन सय ४० कित्ता शेयर दुई लाख ४४ हजार १९ पटक खरिदबिक्री हुँदा २३ अर्ब ४३ करोड पाँच लाख ८१ हजार एक सय ५० बराबरको कारोबार भएको छ ।

जीवन बीमा समूह शून्य दशमलव ०८, लघुवित्त शून्य दशमलव ७० र म्युचुअल फन्ड शून्य दशमलव ९० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । आज वित्त समूहको उपसूचक सबैभन्दा बढी सात दशमलव ६७ प्रतिशतले बढेको छ । 

बैंकिङ  शून्य दशमलव ७२, विकास बैंक तीन दशमलव ०७, होटल तथा पर्यटन दुई दशमलव ३७, जलविद्युत् एक दशमलव ९१, लगानी दुई दशमलव ४९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६४, निर्जीवन बीमा शून्य दशमलव ७४, व्यापार शून्य दशमलव ३९ र अन्य समूह शून्य दशमलव ८३ प्रतिशतले बढेको छ ।

आज नौवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एउटा कम्पनीको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ८६ करोड ५८ लाख ५८ हजार तीन सय सात बराबरको कारोबार भएको छ । 

कारोबार भएका शेयर सङ्ख्याका आधारमा अपि पावर कम्पनी लिमिटेडको २२ लाख ३७ हजार एक सय ७२ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ३ : २८ बजे

आज विश्व ताल दिवस

काठमाडौं– पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका

राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ऊर्जा प्रविधिमा चीन विश्वको अग्रस्थानमा

बेइचिङ – चीनले नयाँ ऊर्जा प्रविधि तथा उपकरणको क्षेत्रमा उल्लेखनीय

प्रधानमन्त्रीको भारत भ्रमणमा जिपी अस्पताल निर्माणको सम्झौता हुने

तनहुँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री ओलीको भारत