माधव नेपालले कांग्रेस-एमालेलाई भने : दुई दलीय व्यवस्था सहँदैनौँ, आउन पनि दिँदैनौँ | Khabarhub Khabarhub

माधव नेपालले कांग्रेस-एमालेलाई भने : दुई दलीय व्यवस्था सहँदैनौँ, आउन पनि दिँदैनौँ


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा शान्ति प्रकृया निष्कर्षमा पुर्‍याउन आफ्नो पनि योगदान रहेको भन्दै कमजोर नठान्न आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभामा संक्रमणकालीन न्यायसँगसम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री नेपालले शान्ति पक्रियालाई यहाँसम्म ल्याउन ठूलो योगदान गरेको बताए । सानो सुखले यो अवस्था आइनपुगेको भन्दै कमजोर आँक्न नहुने नेपालले बताए ।

‘साना दुःखले ल्याएको शान्ति प्रक्रिया होइन । मन सफा हुनुपर्छ, देश र जनताको माया हुनुपर्छ’, उनले भने, ‘जब शान्ति प्रक्रियामा हस्ताक्षर भयो, त्यसमा हामी सहभागीलाई पनि साक्षी राख्नुस् भन्दा सानो चित्त भएकाले राखेनन् ।’

नेपालले संविधान संशोधनको कुरामा मध्यराति हस्ताक्षर गरेको भन्दै नेपालमा दुई दलीय व्यवस्था आउन नदिने बताए ।

‘दुईदलीय शासन ल्याउन खोजेको हो ? आउन दिँदैनौँ । बहुदलीय व्यवस्था हामीले ल्याएका हौँ । यसलाई अझ समृद्ध बनाउन चाहन्छौँ,’ उनले भने, ‘कति मीठो कुरा छ, संविधान संशोधन । राति हस्ताक्षर गर्ने हो ? के हो नियत ? ख्याल गर्नुस्, दुईदलीय व्यवस्था कसैले सहनेवाला छैन । संघीय लोकतान्त्रिक गणतन्त्रलाई हामी अझ समृद्ध बनाउँछौँ ।’

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ४ : २८ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले