खोलामा डुबेर एक वृद्धको मृत्यु, बालिका बेपत्ता | Khabarhub Khabarhub

खोलामा डुबेर एक वृद्धको मृत्यु, बालिका बेपत्ता


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

बरहथवा– सर्लाहीको बलरा नगरपालिकास्थित मनुस्मारा खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छिन् । 

आज वडा नं १ हथिऔलस्थित खोलामा डुबेर सोही स्थानका ६० वर्षीय गजेन्द्र साहको मृत्यु भएको हो । घाँस काटेर फर्कँदै गरेका दुई बालिका खोला तर्ने क्रममा डुबेको देखेपछि भैँसी चराउँदै गरेका साह खोलामा पसेका थिए ।

सोही क्रममा साहको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए। 

दुई बालिकामध्ये एक सोही स्थान निवासी अजय गिरीकी १२ वर्षीया छोरी निशाकुमारी गिरी बेपत्ता भएकी हुन् । अर्की १५ वर्षीया पिंकीकुमारी गिरी भने पौडी खेलेर सकुशल बाहिर निस्कन सफल भएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए।

बेपत्ताको खोजी कार्य जारिरहेको छ भने मृतक साहको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ७ : १४ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका