आज २०८१ साल भदौ २९ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल भदौ २९ गते शनिबारको राशिफल


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल भदौ २९ गते शनिबार तदनुसार सन् २०२४ सेप्टेम्बर १४ तारिख। भाद्र शुल्क पक्षको एकादशी तिथि। हरिपरिवर्तिनी एकादशी व्रत। राष्ट्रिय बाल दिवस, प्राथमिक उपचार दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : नसोचेको ठाउँबाट धन प्राप्त हुने योग छ। तपाईं न्यायको प्रतिक्षामा भए तपाईंको पक्षमा न्याय हुनेछ। घर र जग्गाको कारोबारमा तपाईंलाई फाइदा हुनेछ। काम गर्नु अगाडि आफूभन्दा ठुला व्यक्तिको सुझाव लिनु राम्रो हुनेछ।

वृष : प्राविधिक क्षेत्रमा तपाईंको लगानी भए फाइदा हुनेछ। राज्यको काम सफल बन्नेछ। राजनीतिक विसंगतीको चर्चा र परिचर्चामा दिन बित्नेछ। परिवारको साथ र सहयोगले दिन रमाइलो बन्नेछ।

मिथुन : स्वास्थ्यमा समस्या हुने खतरा छ। खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ। साना कुराले मन अशान्त बन्नेछ। अनुत्पादक क्षेत्रमा लगानी नगर्नु राम्रो हुनेछ। बोल्नु अगाडि एक पटक सोच्नु राम्रो हुनेछ। परिवारसँगको घुमघाममा भने दिन सहजै बित्नेछ।

कर्कट : नयाँ ठाउँको यात्रा तय हुनेछ। लगानीका क्षेत्र अब्बल छन्। हिमाली जडिबुटी र आयुर्वेदको क्षेत्रमा तपाईंको चासो बढ्नेछ। जडिबुटीको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारको साथमा बसेर मिठो खानेकुरा खान पाइनेछ।

सिंह : तपाईंको राशिमा मित्रग्रह सूर्य र बुध रहेकाले शिक्षा क्षेत्रमा प्रगति हुनेछ। लगानी गरेको भए शिक्षाको क्षेत्रबाट फाइदा हुने योग छ। साथीबाट असहयोग हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ। गायन क्षेत्रमा रुचि बढ्नेछ। तपाईंको प्रतिभाको प्रशंसा हुनेछ। परिवारमा तपाईंको कुरा लागू नहुने भएकाले कर्तव्यमा लाग्नुपर्ने देखिन्छ।

कन्या : दिन रमाइलो छ। पुराना योजनाले सार्थकता पाउने देखिन्छ। हरेक ठाउँमा गरेको लगानीमध्ये कृषिमा गरेको लगानी सफल बन्नेछ। परिवारसँग घुम्ने अवसर जुट्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : राज्यका गतिविधिको चर्चामा दिन बित्नेछ। तपाईंका क्रियाकलापको विरुद्धमा लाग्ने साथी सक्रिय भएकाले काम गर्नु अगाडि सचेत बन्नु राम्रो हुनेछ। समाजसेवामा समय दिएकै कारण परिवारमा मनमुटाव हुनेछ।

वृश्चिक : दाजुभाइको साथ र सहयोग लिएर अगाडि बढ्ने दिन छ। ठुला व्यक्तिसँगको भेटले मन हलुका भएको अनुभव हुनेछ। न्यायिक क्षेत्रमा भएको प्रयासमा भने तपाईंको पक्षमा फैसला हुनेछ। परिवारको माया र सम्झना राम्रो रहनेछ।

धनु : शिक्षाको माध्यमबाट धन आर्जन गर्ने दिन छ। बौद्धिक क्षेत्रमा गरेको लगानीमा रुचि बढ्नेछ। बौद्धिक क्षेत्रमा लगेका व्यक्तिबाट विशेष सल्लाह र सुझाव मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट हौसला बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्दा दिन रमाइलो बन्नेछ।

मकर : तपाईंको राशिमा चन्द्रमा पुगेका छन्। विपक्षी शान्त भएकाले महत्त्वपूर्ण काम बन्नेछन्। तपाईंले सोचेको काम बन्नेछ। राजनीतिक क्षेत्रमा हात नलगाउनु राम्रो हुनेछ। आफन्तभन्दा टाढाका व्यक्तिबाट सहयोग प्राप्त हुने दिन छ।

कुम्भ : दैनिकी चुनौतीपूर्ण छ। मान र प्रतिष्ठा जोगाउन धन खर्च गर्नुपर्नेछ। सानो कुराले ठुलो असर गर्ने भएकाले बोल्नु अगाडि सोच्नु राम्रो हुनेछ। बिहानै शिव भजन गर्नाले मन शान्त हुनेछ। परिवारमा मेलमिलाप बढ्नेछ।

मीन : प्राविधिक क्षेत्रमा गरेको लगानीबाट नाम र दाम बढ्नेछ। आफ्नै अभिभावकबाट लिएको सुझावसहित अगाडि बढेमा हरेक काम सहज बन्नेछन्। बिहानै गणेशको पूजा गरेमा मन शान्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ५ : ३८ बजे

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

काठमाडौं– काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँ महानगरको शिक्षा विभाग

साताको शेयरबजार : मौद्रिक नीतिको छेकोमा १०८ अङ्कले बढ्यो नेप्से

काठमाडौँ – असारको तेस्रो साता अर्थात् असार १५ देखि १९

जसपा नेता अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी

जनकपुरधाम– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का नेता

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न नेविसङ्घको माग

काठमाडौं– नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले योग्यताका आधारमा खुला प्रतिस्पर्धाबाट

सीमा क्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने

धरान– सीमावर्ती क्षेत्रमा बढ्दो आपराधिक क्रियाकलाप र अवैध गतिविधि नियन्त्रण