दुई अलराउण्डर जमेको खेलमा अस्ट्रेलियाविरुद्ध इंग्ल्यान्डको जित « Khabarhub

दुई अलराउण्डर जमेको खेलमा अस्ट्रेलियाविरुद्ध इंग्ल्यान्डको जित


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

इंग्ल्यान्ड – लियाम लिभिङस्टोनले आफ्नो ५० औं टी-२० अन्तर्राष्ट्रिय खेललाई यादगार बनाउँदै ब्याटिङ गरेपछि इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्धको दोस्रो टी-२० प्रतिस्पर्धामा ३ विकेटको जित हात पारेको छ।

शुक्रबार राति कार्डिफको घरेलु क्रिकेट मैदानमा भएको खेलमा इंग्ल्यान्डले १९४ रनको लक्ष्य ७ विकेटको क्षतिमा १ ओभर बाँकी रहँदा पुरा गरेको हो। इंग्ल्यान्डका लागि लिभिङस्टोनले ४७ बलमा ८७ रन प्रहार गरे।

अस्ट्रेलियाका अलराउण्डर मयाथ्यु सर्टले ३ ओभरमा २२ रन खर्चेर ५ विकेट लिए पनि त्यो टोलीलाई जित दिलाउनका लागि पर्याप्त थिएन। उनले १९ औं ओभरको चौथो बलमा लिभिङस्टोन तथा त्यसपछिको बलमा ब्राइडन कर्सलाई आउट गरे पनि त्यो धेरै ढिला भइसकेको थियो। सो समयमा घरेलु टोलीलाई जितका लागि १ रन मात्र आवश्यक थियो।

लिभिङस्टोनलाई पहिलो खेल खेलिरहेको ज्याकोब बेथलले राम्रो साथ दिए। सुरुवातमा धरमराएर ३४ रनमा दोस्रो तथा ७९ रनमा तेस्रो विकेट गुमाएको इंग्ल्यान्डका बेथल र लिभिङ स्टोन मिलेर चौथो विकेटका लागि ५७ बलमा ९० रनको साझेदारी गरेका थिए। बेथलले २४ बलमा ४४ रन जोडे।

उनीहरूको यो साझेदारीसँगै इंग्ल्यान्डले तीन खेलको शृङ्खला जित्ने सम्भावना कायम राखेको छ। पहिलो खेलमा अस्ट्रेलिया विजयी भएको थियो। अस्ट्रेलिया र इंग्ल्यान्डको तेस्रो टी-२० प्रतिस्पर्धा आइतबार हुनेछ।

टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ६ विकेटको क्षतिमा १९३ रनको योगफल खडा गरेको थियो। अस्ट्रेलियाको यो सफलतामा ज्याक फ्रेजर म्याकगुकको पहिलो अन्तर्राष्ट्रिय टी-२० अर्धशत्तक तथा जोस इङ्गलीसको ४२ रनको महत्त्वपूर्ण योगदान रहेको थियो।

अस्ट्रेलियाको टोलीमा डेभिड वार्नर हटेपछि ट्रेभिस हेडको उपयुक्त ओपनर साझेदारको खोजी गर्ने नीति अन्तर्गत यो नयाँ प्रयोग समेत थियो। पहिलो टी-२० मा पनि सफल सर्टलाई फेरिएको पारीको सुरुवात गर्ने अवसर दिँदै म्याकगुकलाई तेस्रो क्रममा ब्याटिङ गर्न लगाइएको थियो। सो भूमिकामा उनले आफूलाई सही पुष्टि गर्दै ३१ बलमा ५० रनको योगदान गरे।

यसअघि स्कटल्यान्डमा भएको शृङ्खलामा राम्रो प्रदर्शन गर्न नसकेपछि उनलाई जारी शृङ्खलामा आराम दिइएको थियो। स्कटल्यान्डको शृङ्खलाका तीनमध्ये दुई प्रतिस्पर्धामा शून्य रनमा आउट भएका उनले एउटा खेलमा मात्र १६ रन बनाएका थिए।।

सर्टले फेरि शानदार सुरुवात गर्ने क्रममा रिस टप्लीको पहिलो ओभरमा १ छक्का र २ चौका प्रहार गरेका थिए। अस्ट्रेलियाले पावर प्लेमा १ विकेट गुमाउँदै ६७ रन जोडेका थियो। सर्टले २८ रन जोडे भने हेडले १४ बलमा ३१ रन प्रहार गरे। तल्लो क्रममा ब्याट्सम्यान एरोन हार्डीले ९ बलमा २० रन जोडे। इङ्गल्यान्डलाई जित दिलाउने क्रममा लिभिङस्टोन बलिङमा समेत सफल भए। उनले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए। उनी म्यान अफ द म्याच बने।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ६ : ५६ बजे

शशांकले भने : कांग्रेस अब एक रहेन, विभिन्न शक्ति लागेर फुटाए

विराटनगर- नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको फुटप्रति गम्भीर

कर्णालीका महिलामाथि लेखिएको सिर्जु शाहको ‘बैकिनी’ उपन्यास विमोचन 

काठमाडौं– सिर्जु शाहको उपन्यास बैकिनी आइतबार एक कार्यक्रमकाबीच विमोचन गरिएको

बेइजिङमा परराष्ट्र मन्त्री खनाल र नेपाली समुदायबीच अन्तरक्रिया

काठमाडौं- बालेन शाह नेतृत्वमा गत चैत १३ गते बनेको नयाँ

सिटौलाको टिप्पणी : वालेन्द्र डरले संसद्‍मा जवाफ दिन सक्दैनन्, साथी पठाउँछन्

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री वालेन्द्र शाहको व्यवहारलाई

गगन-विश्वलाई कृष्ण सिटौलाको जवाफ : यतिउति बुँदे पत्रको नाटक गर्नै पर्दैन, १० मिनेट वार्ता गरे सबै कुरा मिल्छ

विराटनगर- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला ले पार्टीभित्रको विशेष महाधिवेशन