प्रतिकात्मक तस्बिर

देश/प्रदेश

पहिरोले बाटो भत्किँदा विद्यालय बन्द, पठनपाठन प्रभावित

By खबरहब

September 14, 2024

सिमकोट–  हुम्लाको सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र निम्न माध्यामिक विद्यालय दुई दिनदेखि बन्द भएको छ । जिल्लामा निरन्तर वर्षा भएर विद्यालय जाने साँता गाउँ नजिकको बाटो पहिरो आएर भत्किँदा विद्यार्थी उपस्थित नहुँदा विद्यालय बन्द भएको हो ।

बाटो भत्किँदा सिमकोट–८ याङ्गु गाउँका विद्यार्थी दुई दिनदेखि विद्यालय जान नपाएका हुन् । भारी वर्षा भएर बिहीबार र बुधबार दुई दिन यहाँका विद्यार्थी विद्यालय जान नपाएको बलभद्र निमाविका शिक्षक पेमाथुकेत तामाङले बताए। याङ्गुबाट विद्यालय जानेबीच क्षेत्रको बाटो भत्किएको हो । विद्यालयमा विद्यार्थी उपस्थित नभएपछि उनीहरूको पठनपाठन प्रभावित हुनुका साथै विद्यालय बन्द भएको हो । 

आवतजावत गर्न नमिल्ने भएपछि विद्यार्थी विद्यालयमा उपस्थित नभएपछि बन्द गरिएको हो । पढ्न आउने विद्यार्थी बाटो अवरुद्ध हुँदा समस्यामा परेको स्थानीयले बताएका छन् । बाटो अवरुद्ध हुँदा विद्यार्थीलाई मात्रै नभएर दैनिक आवतजावत गर्ने यहाँका स्थानीयलाई समेत समस्या भएको छ ।

विद्यालयको माथि पट्टिको भाग पनि जोखिमयुक्त हुँदा विद्यालय नै बन्द गर्नुपरेको उनले बताए। पानी परेको समय विद्यालय भत्किने डर हुने हुँदा पनि विद्यालय बन्द गर्नु पर्ने बाध्यता रहेको उनले बताए।