उपसभामुख हटाउने विषयबाट कांग्रेस–एमाले आफैं ब्याक हुन्छन् : प्रचण्ड « Khabarhub

उपसभामुख हटाउने विषयबाट कांग्रेस–एमाले आफैं ब्याक हुन्छन् : प्रचण्ड


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

विराटनगर – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट कांग्रेस –एमाले आफैं ब्याक हुने बताएका छन् । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने- ‘उपसभामुख एउटा इमानदार, जनजाति महिला, बालबच्चाको लागि ख्यातिप्राप्त हुनुहुन्छ । उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटि गर्नुभयो । त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौं । सायद उहाँलाई हटाउने कुराबाट काँग्रेस एमाले नै पछि हट्नु हुन्छ होला।’ 

अध्यक्ष प्रचण्डले संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारिसका लागि ८ जनाको नाम सिफारिस भएको बताउँदै  सबै उक्त पदका लागि योग्य भएको बताए । तपाईँहरूले वरियता मिच्न लाग्नु भएको कुरा छ नि रु भन्ने पत्रकारको प्रश्नमा उनले भने- ‘प्रधानन्यायाधीशको सिफारिसका लागि ८ जनाको नाम आएको छ । हिजोको बैठकमा पनि सिनियारिटीलाई तोड्नुपर्छ भनेर कसैले भनेको छैन । त्यस्तो समस्या परेको केही छैन ।’

उनले संवैधानिक निकायमा रिक्त रहेका पदहरूमा एकपटक नियुक्त गर्नु राम्रो हुने बताए । ‘एउटा एउटा गर्नु राम्रो हुँदैन भनेर मैले भनेको छु । सबै रिक्त रहेका संवैधानिक आयोगहरूमा पूर्ति गर्नुपर्छ भन्ने लागेको छ,’ उनले भने ।

अध्यक्ष प्रचण्डले ‘हिंसा’ शब्दको विषयमा सदनमा भएको बहस नटुङगिएसम्म संसद् चल्न नदिने पनि बताए ।

 ‘एमालेका साथीहरुबाट जनयुद्धलाई ‘हिंसा’ भनेर अपव्याख्या गर्ने र भ्रम छर्ने काम भइरहेको छ । त्यो विषयको सम्बोधन नभएसम्म संसद्‌मा विरोध जारी रहन्छ,’ उनले भने । 

उनले परिवर्तन जोगाउन आफ्नो पार्टीलाई राम्रोसँग तयार गर्नुपर्छ भनेर आफूहरू लागिरहेको उल्लेख गर्दै भने- ‘व्यवस्था र परिवर्तनको लागि धेरै त्याग गरेको हाम्रो पार्टी नै हो । त्यसैले परिवर्तन उल्ट्याउन नदिने गरी तयारी गर्नुपर्छ भनेर हामी लागेका छौं ।’

अर्को एक प्रसङ्गमा उनले राजनीतिमा नेताको एक्जिट भन्ने नहुने बताए । ‘सच्चा राजनीतिज्ञहरू बाँचेसम्म राजनीति गर्छन् । मरेपछि पनि उनीहरूले राजनीति गरिरहन्छन् भन्ने दर्शन छ । नेतालाई विश्राम लिने छुट हुँदैन’ उनले भने । 

अध्यक्ष प्रचण्डले आजै मोरङ र सुनसरीका विभिन्न पार्टी कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  १ : ३१ बजे

बेनीकोटमा उत्पादित सुन्तला ढुवानीमा समस्या

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेनीकोटको सुन्तला बजारीकरणमा समस्या भएको

गोकुलले सार्वजनिक गरे मदन भण्डारीको तस्बिरसहितको पोस्टर

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटाले आवरणमा मदन

उज्यालो नेपाल पार्टीको घोषणा सभा (तस्बिरहरू)

काठमाडौं– ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी आज औपचारिक

श्रीलंकामा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ४६५

एजेन्सी– श्रीलंकामा हालै आएको विकासकारी चक्रवातका कारण  अहिलेसम्म कम्तिमा ४६५

प्रभुपछि गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पनि बैंकिङ कसूरमा पक्राउ

काठमाडौं- प्रभु समूहपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसूरमै