सुदूरपश्चिम सरकारको बजेट सोमबार सार्वजनिक हुने | Khabarhub Khabarhub

सुदूरपश्चिम सरकारको बजेट सोमबार सार्वजनिक हुने


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले आगामी सोमबार परिमार्जनसहित चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएको छ । 

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले गत असार १ गते प्रस्तुत बजेटमा सामान्य परिमार्जन गरेर प्रस्तुत गरिने जानकारी दिए। 

उनले भने, ‘जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी बजेट निर्माणको तयारी पूरा भइसकेको छ । यही भदौ ३१ ग्ते सार्वजनिक गर्नेछौँ ।’ 

मुख्यमन्त्रीले बजेटका नीति कार्यक्रम यसअघि सदनबाट पारित भइसकेकाले सोही नीति कार्यक्रमलाई आधार मानेर परिमार्जित बजेट ल्याउन लागिएको स्पष्ट पारे । 

सत्ता समीकरण फेरिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले गत असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको चालु आर्थिक वर्ष २०८१-८२ को बजेट पारित नभई अलपत्र परेको थियो । सोही बजेटलाई परिमार्जन गरेर वर्तमान सरकारले बजेट ल्याउन लागेको मुख्यमन्त्री शाहले जानकारी दिए। 

बजेट पारित नहुँदा गत साउन १ गतेदेखि सरकारको राजश्व संकलन, खर्चलगायत अत्यावश्यक काम रोकिएका छन् । शाह नेतृत्वको नयाँ सरकारले अध्यादेशमार्फत राजस्व सङ्कलन कार्य सञ्चालन गरिसके पनि बजेट शून्यताको अवस्था भने अझै हटेको छैन ।

प्रदेश सरकार बजेटविबिहीन हुँदा कर्मचारीको तलब, भत्ता, सञ्चालन खर्चलगायत शीर्षकमा दुई महिनादेखि भुक्तानीको समस्या भइरहेको छ । केन्द्रमा बनेको समीकरणअनुसार कांग्रेसका नेता शाहको नेतृत्वमा गत साउन २२ गते नयाँ सरकार गठन भएको थियो । 

सोडारी नेतृत्वको तत्कालीन सरकारले चालु आवका लागि रु ३१ अर्ब ३२ करोड ९८ लाखको बजेट प्रदेशसभामा पेस गरेको थियो । योमध्ये चालुतर्फ रु ११ अर्ब सात करोड १९ लाख र पूँजीगततर्फ रु १७ अर्ब ५३ करोड आठ लाख छुट्याइएको थियो । वर्तमान सरकारले रु ३० अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । 

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ४ : ११ बजे

तीज जोडी फोटो प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

काभ्रे– काभ्रेमा तीज जोडी फोटो प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको

कुमारी धनवृद्धि योजनाको शेयर मूल्य समायोजन

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कुमारी धनवृद्धि योजनाको शेयर

नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य

एशियन लाइफको हकप्रद शेयर बाँडफाँड, साढे ३ लाख कित्ता लिलामीमा जाने  

काठमाडौं– एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर भदौ ८

लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन पाउने

काठमाडौं – अब लघुवित्तले २५ प्रतिशतसम्म लाभांश वितरण गर्ने पाउने