नेसनल बास्केटबल लिग फागुन २६ गतेदेखि हुने « Khabarhub

नेसनल बास्केटबल लिग फागुन २६ गतेदेखि हुने


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल बास्केटबल सङ्घ (नेबा)को आयोजनामा हिमालयन जाभा नेसनल बास्केटबल लिग यही फागुन २६ गतेदेखि सुरु हुने भएको छ ।

नेबाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दोस्रो संस्करणको उक्त प्रतियोगिता यही फागुन २६ देखि आगामी चैत २८ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना हुने जानकारी दिइएको हो ।

बत्तीस दिनसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा पहिलो संस्करणमा च्याम्पियन बनेको टाइम्स इन्टरनेसनल कलेजसँगै उपविजेता गोल्डेनगेट इन्टरनेसनल कलेज, तेस्रो भएको हाउण्ड्स र चौथो भएको कीर्तिपुरसहित त्रिभुवन आर्मी क्लब, सोलो बास्केटबल, रोएल र प्लेबक्स एरेनाले प्रतिस्पर्धा गर्नेछन् ।

आर्मी, सोलो, रोएल र प्लेबक्स गत पुसमा भएको लिनिङ बास्केटबल प्रतियोगिताको शीर्ष चारमा रहेर दोस्रो संस्करणको नेसनल बास्केटबल लिगको लागि छनोट भएका हुन् । डबल राउन्ड रोबिन प्रणालीमा खेलाइने प्रतियोगितामा लिग चरणमा कूल ५६ खेल हुनेछन् । लिगमा शीर्ष चारमा रहने टोलीहरू प्लेअफमा प्रवेश गर्नेछन् ।

त्यसपछि सेमिफाइनल र फाइनल खेल हुने नेबाका अध्यक्ष भीमसिंह गुरुङले जानकारी दिनुभयो । नेपाली बास्केटबलको व्यावसायिक संरचना विकास गर्नु र खेलाडीलाई थप अवसर र प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्ने लक्ष्यका साथ यो लिग आयोजना गर्न लागिएको उनले बताए ।

प्रतियोगिताको विजेताले रु चार लाख प्राप्त गर्नेछन् भने उपविजेताले रु दुई लाख र तेस्रो हुनेले रु एक लाख हात पार्नेछन् । त्यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै ‘मोस्ट भ्यालुएबल प्लेअर’ (एमभिपी) घोषित हुनेलाई आकर्षक पुरस्कार राखिएको नेबाका अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ९ : ३३ बजे

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र

अमरेशको चेतावनी : वर्तमान संविधान असफल भए १० वर्षसम्म नयाँ संविधान बन्दैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं–  जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल