तस्बिर : एपी

अन्तर्राष्ट्रिय

गाजामा इजरायली आक्रमण, एकै परिवारका ११ जनाको मृत्यु

By खबरहब

September 14, 2024

गाजापट्टी–  शनिबार बिहान गाजा सहरको एउटा घरमा भएको इजरायली हवाई आक्रमणमा एकै परिवारका ११ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा विभागले जनाएको छ । चार बालबालिका र तीन महिलासहित एकै परिवारका ११ जनाको मृत्यु भएको हो । 

‘पूर्वी गाजा सहरमा बुस्तान परिवारको घरमा भएको इजरायली आक्रमणबाट हामीले ११ जनाको शव फेला पारेका छौँ’, विभागकाका प्रवक्ता महमुद बस्सलले बताए ।

गाजा सहरको अल–तुफाहमा रहेको सुजैया विद्यालय नजिकै आक्रमण भएको उनले बताए। ‘उद्धारकर्ताले बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेका छन्’, बस्सलले भने।  

इजरायली सेनाले आक्रमणबारे तत्काल कुनै टिप्पणी गरेको छैन ।

बस्सलले इजरायली सेनाले हमासद्वारा सञ्चालित क्षेत्रका केही अन्य भागमा रातारात यस्तै आक्रमण गर्दा कम्तिमा १० जनाको मृत्यु भएको बताएका छन् ।

उत्तरपश्चिमी गाजा सहरमा दार अल–अर्काम विद्यालय नजिकै मानिसको भीडमा हवाई आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको उनले जानकारी दिएका छन् ।

त्यसैगरी, दशौँ हजार विस्थापित प्यालेस्टिनीहरूले शरण लिएको दक्षिणी खान युनिस प्रान्तको अल–मवासी क्षेत्रमा भएको आक्रमणमा अन्य तीन जनाको मृत्यु भएको छ ।