गाजामा इजरायली आक्रमण, एकै परिवारका ११ जनाको मृत्यु « Khabarhub

गाजामा इजरायली आक्रमण, एकै परिवारका ११ जनाको मृत्यु


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

गाजापट्टी  शनिबार बिहान गाजा सहरको एउटा घरमा भएको इजरायली हवाई आक्रमणमा एकै परिवारका ११ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा विभागले जनाएको छ । चार बालबालिका र तीन महिलासहित एकै परिवारका ११ जनाको मृत्यु भएको हो । 

‘पूर्वी गाजा सहरमा बुस्तान परिवारको घरमा भएको इजरायली आक्रमणबाट हामीले ११ जनाको शव फेला पारेका छौँ’, विभागकाका प्रवक्ता महमुद बस्सलले बताए ।

गाजा सहरको अल–तुफाहमा रहेको सुजैया विद्यालय नजिकै आक्रमण भएको उनले बताए। ‘उद्धारकर्ताले बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेका छन्’, बस्सलले भने।  

इजरायली सेनाले आक्रमणबारे तत्काल कुनै टिप्पणी गरेको छैन ।

बस्सलले इजरायली सेनाले हमासद्वारा सञ्चालित क्षेत्रका केही अन्य भागमा रातारात यस्तै आक्रमण गर्दा कम्तिमा १० जनाको मृत्यु भएको बताएका छन् ।

उत्तरपश्चिमी गाजा सहरमा दार अल–अर्काम विद्यालय नजिकै मानिसको भीडमा हवाई आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको उनले जानकारी दिएका छन् ।

त्यसैगरी, दशौँ हजार विस्थापित प्यालेस्टिनीहरूले शरण लिएको दक्षिणी खान युनिस प्रान्तको अल–मवासी क्षेत्रमा भएको आक्रमणमा अन्य तीन जनाको मृत्यु भएको छ । 

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ४ : ५० बजे

धनुषाका विभिन्न स्थानबाट १४ लाखको अवैध सामान बरामद

धनुषा – सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु १४

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला – दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार

मेक्सिको सिटी – विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको

रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

बारा – बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा

किशोर श्रेष्ठ प्रकरणमा प्रेस संगठन आक्रोशित, निष्पक्ष छानबिनको माग

काठमाडौं – वरिष्ठ पत्रकार किशोर श्रेष्ठसँग सम्बन्धित पछिल्लो घटनाप्रति पत्रकार