नयाँ दलहरूलाई कांग्रेस नेता सिटौलाको सुझाव- उत्ताउलो भएर नबोल्नुहोस् « Khabarhub

नयाँ दलहरूलाई कांग्रेस नेता सिटौलाको सुझाव- उत्ताउलो भएर नबोल्नुहोस्


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उत्ताउलो भएर नबोल्न नयाँ दलहरूलाई सुझाव दिएका छन् ।

१११ औं बीपी जयन्तीको सन्दर्भमा शनिबार काठमाडौंमा आयोजित लोकतान्त्रीक समाजवाद र आजको परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सिटौलाले पुराना दलहरूको योगदानका कारण मुलुकमा परिवर्तन सम्भव भएको भन्दै उत्ताउलो भएर नबोल्न नयाँ दलहरूलाई सुझाव दिएका हुन् ।

रास्वपा जनमत जस्ता नयाँ दलहरूलाई जनताले विश्वास गर्नु सकारात्मक पाटो भएको भन्दै साँच्चै जनताको लागि काम गर्ने हो भने बिनाकारण अरुलाई दोषारोपण नगर्न सुझाव दिए ।

सिटौलाले जनतामा काम गर्न चाहने पार्टीहरूलाई कांग्रेसको विचारको छातामा आउन समेत आग्रह गरे । उनले लोकतन्त्रलाई बलियो बनाउन काम सबैले गर्नुपर्ने र जनतालाई भ्रमित पार्ने काम कसैले गर्न नहुने धारणा राखे ,

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले कांग्रेसले गरेका कामलाई जनतामाझ लैजानुपर्ने बताए । कांग्रेसभित्र समस्यामात्रै नभइ समाधानका उपाय पनि रहेकाले पार्टीलाई कसैले कमजोर पार्न नसक्ने उनले बताए ।

कार्यक्रममा वीपी कोइरालाले मुलुकको परिवर्तनमा गरेको योगदानको चर्चा गरेका थिए । 

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ५ : ५९ बजे

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको