नयाँ दलहरूलाई कांग्रेस नेता सिटौलाको सुझाव- उत्ताउलो भएर नबोल्नुहोस् « Khabarhub

नयाँ दलहरूलाई कांग्रेस नेता सिटौलाको सुझाव- उत्ताउलो भएर नबोल्नुहोस्


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उत्ताउलो भएर नबोल्न नयाँ दलहरूलाई सुझाव दिएका छन् ।

१११ औं बीपी जयन्तीको सन्दर्भमा शनिबार काठमाडौंमा आयोजित लोकतान्त्रीक समाजवाद र आजको परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सिटौलाले पुराना दलहरूको योगदानका कारण मुलुकमा परिवर्तन सम्भव भएको भन्दै उत्ताउलो भएर नबोल्न नयाँ दलहरूलाई सुझाव दिएका हुन् ।

रास्वपा जनमत जस्ता नयाँ दलहरूलाई जनताले विश्वास गर्नु सकारात्मक पाटो भएको भन्दै साँच्चै जनताको लागि काम गर्ने हो भने बिनाकारण अरुलाई दोषारोपण नगर्न सुझाव दिए ।

सिटौलाले जनतामा काम गर्न चाहने पार्टीहरूलाई कांग्रेसको विचारको छातामा आउन समेत आग्रह गरे । उनले लोकतन्त्रलाई बलियो बनाउन काम सबैले गर्नुपर्ने र जनतालाई भ्रमित पार्ने काम कसैले गर्न नहुने धारणा राखे ,

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले कांग्रेसले गरेका कामलाई जनतामाझ लैजानुपर्ने बताए । कांग्रेसभित्र समस्यामात्रै नभइ समाधानका उपाय पनि रहेकाले पार्टीलाई कसैले कमजोर पार्न नसक्ने उनले बताए ।

कार्यक्रममा वीपी कोइरालाले मुलुकको परिवर्तनमा गरेको योगदानको चर्चा गरेका थिए । 

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ५ : ५९ बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी