चीन र माल्दिभ्सबीच ऋणसम्बन्धी नयाँ सम्झौता « Khabarhub

चीन र माल्दिभ्सबीच ऋणसम्बन्धी नयाँ सम्झौता


२९ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीन र माल्दिभ्सबीच ऋण बारे अर्को सम्झौतामा हस्ताक्षर भएको छ । यसमा माल्दिभ्सलाई थप ऋण दिने सहमति भएको छ । तर, ऋणको रकम भने खुलाइएको छैन ।

पीपुल्स बैंक अफ चाइना र माल्दिभ्सको आर्थिक विकास मन्त्रालयबीच भएको सम्झौताअनुसार चीन र माल्दिभ्सले प्रत्यक्ष लगानी प्रवर्द्धन गर्न र स्थानीय मुद्रामा कारोबार गर्न सक्नेछन्।

यो सम्झौताले व्यापार र लगानीलाई मजबुत बनाउन सहयोग पुग्ने पिपुल्स बैंक अफ चाइनाले जनाएको छ । चीनले सम्झौताको बारेमा अरु केही खुलाएको छैन । मिडिया रिपोर्टका अनुसार गत वर्ष सत्तामा आएपछि मुइज्जुले चीनसँग थप ऋण मागेका थिए ।

द इकोनोमिस्टका अनुसार मालदिभ्स अहिले भारी ऋणको बोझले दबिएको छ । माल्दिभ्सले यसअघि नै चीनबाट १.३ अर्ब डलर ऋण लिएको छ । यो कुल विदेशी ऋणको ३० प्रतिशत हो ।

यस्तो अवस्थामा चीनबाट प्राप्त हुने कुनै पनि ऋणले माल्दिभ्समा बेइजिङको ऋण थप बढाउँछ । चीन समर्थक मोहम्मद मुइज्जु सरकार गठन भएदेखि देशको अर्थतन्त्र निरन्तर संकटमा छ र देश पूर्वनिर्धारितको कगारमा उभिएको छ ।

माल्दिभ्सको विदेशी मुद्रा सञ्चिति जुलाई २०२४ सम्ममा ३८८.४१ मिलियन डलर थियो । माल्दिभ्स मौद्रिक प्राधिकरण (एमएमए) ले यो अवस्था यस्तै रह्यो भने देशमा रहेको डलर सञ्चिति छिट्टै समाप्त हुने आशंका व्यक्त गरेको थियो ।

प्रकाशित मिति : २९ भदौ २०८१, शनिबार  ६ : १८ बजे

आज २०८३ साल मङ्सिर २ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल मङ्सिर २ गते बुधबार सन् २०२६

बाल विवाहलाई पुनःपरिभाषित गर्न माग

काठमाडाैं – मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको

पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ उपाधि

काठमाडौं – पाकिस्तानलाई २–१ गोलले पराजित गर्दै भारतले साफ च्याम्पियनसिप

मन्त्री मेहताद्वारा स्वास्थ्य संस्थाको अनुगमन

जनकपुर – मधेस प्रदेशमा स्वास्थ्य सेवालाई प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री

इरानद्वारा बहराइनमा पुनः ड्रोन आक्रमण, खाडी क्षेत्रमा तनाव चुलियो

तेहरान – इरानले मंगलबार बहराइनमाथि पुनः ड्रोन आक्रमण गरेको छ