नारायण क्याम्पस स्ववियुमा एमालेनिकट अनेरास्ववियुको प्यानल विजयी | Khabarhub Khabarhub

नारायण क्याम्पस स्ववियुमा एमालेनिकट अनेरास्ववियुको प्यानल विजयी


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं दैलेखको नारायण क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियुको प्यानल निर्वाचित भएको छ ।

शुक्रबार भएको निर्वाचनमा अनेरास्ववियुविरुद्ध नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा  एकीकृत समाजवादी , विप्लनिकट नेकपा र राप्रपानिकट विद्यार्थी संगठनहरुले गठबन्धन बनाएका थिए ।

शनिबार सम्पन्न मतगणनामा चार दलीय गठबन्धनलाई पछि पार्दै अनेरास्ववियुका हिमबहादुर बस्नेत ६ मतको अन्तरमा सभापति निर्वाचित भएका हुन् । उनले १६६ मत पाएर सभापति बिजयी हुँदा निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेविसंघका उम्मेदवार विष्णु प्रसाद कोइरालाले १५७ मत पाएका छन् ।

त्यस्तै सचिवमा पनि अनेरास्ववियुका फिलिप सिंह १९२ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी गठबन्धनबाट नेकपा  एकीकृत समाजवादी निकट अनेरास्ववियुका टेकराज बुढाले १२७ मत पाएका छन् ।

स्ववियुको कोषाध्यक्षमा अनेरास्ववियुकी शुष्मा शाही १७२ मतसहित बिजयी भएकी छन् भने प्रतिस्पर्धी गठबन्धनबाट अखिल क्रान्तिकारीका उम्मेदवार भुवन प्रसाद पाण्डेले १४१ मत पाए ।

 

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ६ : २६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’