जनगणनाको इतिहास : मालिक र कमारा–कमारीको गन्ती « Khabarhub

जनगणनाको इतिहास : मालिक र कमारा–कमारीको गन्ती


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा जनगणना हरेक १० वर्षको अन्तरालमा गरिन्छ । जनगणना हरेक राष्ट्रको एक महत्वपूर्ण कार्य हो । तथ्यांकको क्षेत्रमा यसको विशेष महत्व रहेको छ । तर, नेपालमा पहिलो जनगणनाको उद्देश्य अलि रोचक किसिमको थियो ।

नेपालमा पहिलो जनगणना वि.सं. १९६८ (सन् १९११) मा अर्थात् राणाकालको मध्यतिर गरिएको थियो । उक्त जनगणनाको मुख्य उद्देश्य मालिक, कमारा–कमारी र बाँधाको सूची तयार गर्नु थियो ।

रुपैयाँ सापट लिएबापत सो रुपैयाँ तिरिनसकुन्जेल नोकरी गर्न कबुल गरी बसेको व्यक्तिलाई बाँधा भनिन्छ । त्यस्तै अर्काको घरमा राखिएका दासदासी र कामदारलाई नोकर भन्ने चलन थियो ।

नेपालमा प्रधानमन्त्री चन्द्र शमशेरले विसं.१९८१ बैशाख १ देखि लागू हुने गरी दास प्रथा अन्त्यको घोषणा गरेका थिए । त्यसबेला ५९ हजार ८५३ जनालाई दासमुक्त घोषणा गरिएको थियो । जबकि त्यसबेला नेपालको जनसंख्या ५५ लाख हाराहारी थियो ।

पहिलो जनगणनाअनुसार नेपालमा कुल जनसंख्या ५६ लाख ३८ हजार ७४९ थियो । १९८८ सम्म नेपालको जनगणना ऋणात्मक देखिएको थियो ।

त्यसपछि वि.सं. १९७७, १९८७, १९९८, २००९–०११, २०१८, २०२८, २०३८, २०४८, २०५८, २०६८ र २०७८ मा गरिएको थियो । वि.सं. १८९८ सम्म सञ्चालन भएका जनगणना सामान्य व्यक्ति गणनाका रुपमा मात्र सीमित थिए ।

वि.सं. २००९÷११ मा भएको पाँचौं जनगणनालाई पहिलो आधुनिक (वैज्ञानिक) जनगणनाको रुपमा लिइन्छ । जनगणनाबाट देशभित्र बसोबास गरिरहेका व्यक्ति र परिवारहरूको जनसांख्यिक, सामाजिक तथा आर्थिक विरणहरू प्राप्त हुन्छ ।

पछिल्लो पटक १२ औँ राष्ट्रिय जनगणना २०७८ कात्तिक २५ देखि मंसिर ९ सम्म जनगणनाको मुख्य गणना कार्य गरिएको थियो । नेपालमा हाल जनगणना अक्सर बसोबासका आधारमा गर्ने गरिएको छ ।

पछिल्लोपल्ट सञ्चालित जनगणनाको नारा ‘मेरो गणना – मेरो सहभागिता’ रहेको थियो । पछिल्लो जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको छ ।

यो जनगणनाअनुसार नेपालको वार्षिक जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  १२ : २३ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक