अस्ट्रेलियासँगको हारपछि भारतको सेमिफाइनल सम्भावना कमजोर « Khabarhub

अस्ट्रेलियासँगको हारपछि भारतको सेमिफाइनल सम्भावना कमजोर


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


942
Shares
  • change font
  • change font
  • change font

दुबई – अस्ट्रेलियासँगको हारपछि भारतले महिला विश्वकप टी-२० विश्वकप क्रिकेटको सेमिफाइनल प्रवेशका लागि न्युजिल्यान्ड र पाकिस्तानको खेलको प्रतीक्षा गर्नुपर्ने भएको छ ।

अस्ट्रेलिया प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ भने पाकिस्तानले न्युजिल्यान्डसँगको खेलमा जित हात पारेमा नेटरन रेटको आधारमा सेमिफाइनल प्रवेश गर्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । सो खेलमा जित हात पारेमा न्युजिल्यान्ड सेमिफाइनल प्रवेश गर्नेछ।

आइतबार भएको खेलमा पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले ८ विकेटको क्षतिमा १५१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको भारतले ९ विकेटको क्षतिमा १४२ रन मात्र बनाएको हो ।

६.५ ओभरमा ३ विकेटको क्षतिमा ४७ रन बनाएको भारतका कप्तान हरमन प्रीत कौर र दीप्ति शर्माले चौथो विकेटका लागि ६३ रनको साझेदारी गरे । ११० रनमा शर्मालाई गुमाएको भारतका छैटौँ क्रम भन्दा तलका कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् । कौर ५४ रनमा अविजित रहिन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि ग्रेस ह्यारिसले ४१ बलमा ४० रनको योगदान गरिन् । ब्याटिङतर्फ १० रन जोडेर बलिङमा २ विकेट लिएकी अनाबल सुदलल्यान्ड खेलको म्यान अफ द म्याच घोषित भइन् ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ६ : ०० बजे

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको