एयर इन्डियाको विमानमा बमको धम्की, दिल्लीमा अवतरण | Khabarhub Khabarhub

एयर इन्डियाको विमानमा बमको धम्की, दिल्लीमा अवतरण


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुम्बईबाट न्यूयोर्कका लागि उडेको एयर इन्डियाको विमानमा बम रहेको चेतावनीपछि नयाँ दिल्लीमा अवतरण गराइएको छ ।

२३९ यात्रु रहेको विमानमा बम रहेको धम्कीपछि दिल्लीमा डाइभर्ट गरिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । दिल्ली एयरपोर्टमा अवतरण गरेर तलासी लिँदा विमानमा केही नभेटिएको बताइएको छ ।

थप अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएको भारतीय मिडियाहरूले बताएका छन् ।

यस विषयमा दिल्ली पुलिसले विमान हाल दिल्ली विमानस्थलमा रहेको, यात्रु र चालक दलको सुरक्षा सुनिश्चित गर्न सबै मानक सुरक्षा प्रोटोकलहरू पछ्याइएको जानकारी दिएको छ ।

यसअघि अगस्टमा मुम्बईबाट आएको एयर इन्डियाको विमानमा बमको धम्की आएको थियो । विमानको शौचालयमा टिस्यु पेपरमा ‘उडानमा बम छ’ लेखिएको सन्देश भेटिएको थियो । 

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  १० : ५४ बजे

सभापति देउवाद्वारा यादवको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य

संविधानसभा सदस्य यादवको निधन

बारा– संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो