विश्वको सबैभन्दा शक्तिशाली रकेट 'स्टारसिप'को पाँचौँ परीक्षण सफल | Khabarhub Khabarhub

विश्वको सबैभन्दा शक्तिशाली रकेट ‘स्टारसिप’को पाँचौँ परीक्षण सफल


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वको सबैभन्दा शक्तिशाली रकेट स्टारसिपको पाँचौँ परीक्षण सफल भएको छ । यस परीक्षणमा, पृथ्वीबाट ९६ किलोमिटरमाथि पठाइएको सुपर हेभी बुस्टरलाई लन्चप्याडमा फिर्ता ल्याइएको थियो ।

यस परीक्षणका क्रममा स्टारसिप पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गराइयो र हिन्द महासागरमा नियन्त्रित अवतरण गरिएको थियो । जब स्टारसिप पृथ्वीको वायुमण्डलमा प्रवेश गर्यो, यसको गति २६ हजार किलोमिटर प्रति घण्टा थियो र तापमान १४३ डिग्री सेल्सियस पुगेको थियो ।

स्टारसिपको यो परिक्षण आइतबार साँझ टेक्सासबाट सुरु गरिएको थियो । स्टारसिप स्पेसक्राफ्ट र सुपर हेभी रकेटलाई सामूहिक रूपमा ‘स्टारसिप’ भनिन्छ । स्टारसिपमार्‍याप्टर  इन्जिन छन् भने सुपर हेभीमा ३३ र्‍याप्टर  इन्जिन छन् ।

विश्वका धनी व्यापारी एलन मस्कको कम्पनी स्पेसएक्सले यो रकेट बनाएको हो । स्टारसिप स्पेसक्राफ्ट र सुपर हेभी बुस्टरहरूलाई सामूहिक रूपमा ‘स्टारसिप’ भनिन्छ । यो रकेटको उचाइ ३९७ फिट रहेको छ । यो पूर्ण रूपमा पुनः प्रयोज्य छ र १५० मेट्रिक टन लोड बोक्न सक्षम छ । स्टारसिप प्रणालीले एकै पटक १०० जनालाई मंगल ग्रहमा लैजान सक्नेछ ।

स्टारसिपलाई पेलोड वितरण, चन्द्र मिशनहरू, अन्तरग्रहीय यातायात जस्ता कार्य गर्न सक्ने गरि बनाइएको छ ।

यो प्रक्षेपण महत्त्वपूर्ण छ किनभने यो स्पेससिपले मात्र मानिसलाई अन्तरग्रहीय बनाउनेछ । अर्थात् यसको सहयोगमा पहिलो पटक पृथ्वीबाहेक अन्य ग्रहमा मानवले पाइला टेक्नेछ

मस्कले २०२९ सम्ममा मंगल ग्रहमा मानिस पठाउन र त्यहाँ उपनिवेश स्थापना गर्न चाहन्छन् । यो अन्तरिक्ष यानले एक घण्टाभन्दा कम समयमै मानिसलाई संसारको जुनसुकै कुनामा पुर्‍याउन पनि सक्षम हुनेछ ।

मंगल ग्रहमा उपनिवेश स्थापना गर्नुपर्ने आवश्यकताबारे मस्क भन्छन्– ‘पृथ्वीमा जीवन समाप्त हुने घटनाले मानवताको अन्त्य निम्त्याउन सक्छ, तर यदि हामीले मंगल ग्रहमा आफ्नो आधार बनायौँ भने मानवता त्यहाँ बाँच्न सक्छ।’ लाखौँ वर्ष पहिले डायनासोरको पनि जीवन समाप्त हुने घटनाका कारण पृथ्वीमा मृत्यु भएको थियो । यसैबीच, प्रोफेसर स्टीफन हकिङले पनि २०१७ मा भनेका थिए कि यदि मानिस बाँच्न चाहन्छ भने १०० वर्षभित्र विस्तार गर्नुपर्नेछ ।

यो मिसन सफल हुनु पनि महत्त्वपूर्ण छ किनभने स्टारसिप स्पेसक्राफ्ट नासाको आर्टेमिस कार्यक्रमको हिस्सा हो। यसबाट मानिस ५ दशकपछि चन्द्रमामा फर्किनेछन् । स्टारसिपले चन्द्रमाको मिसनको अन्तिम चरण पूरा गर्नेछ।

यस अघि स्टारसिपको चौथो परीक्षण ६ जुन २०२४ मा भएको थियो, जुन सफल भएको थियो । यस परीक्षणमा, स्टारशिपलाई अन्तरिक्षमा लगियो, त्यसपछि पृथ्वीमा ल्याइयो र पानीमा अवतरण गरिएको थियो ।

परीक्षणको मुख्य लक्ष्य पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा स्टारसिप जीवित रहन सक्छ कि सक्दैन भनेर हेर्नु थियो । परीक्षणपछि कम्पनीका सञ्चालक एलन मस्कले भनेका थिए, ‘धेरै टाईलहरू हराएको र फ्ल्यापमा क्षति पुगे पनि स्टारसिपले समुद्रमा सफ्ट ल्यान्डिङ गरेको थियो ।ु

तेस्रो टेस्ट– पुनः प्रवेश पछि स्टारसिपसँग सम्पर्क बिच्छेद भएको थियो । यो परीक्षण १४ मार्च २०२४ मा भएको थियो ।

यो परिक्षण सफल नभएपनि स्टारसिपले कक्षामा पुगेपछि पेलोड ढोका खोल्यो र बन्द गरको, रकेट भित्र दुई ट्यांकहरू बीच धेरै टन तरल अक्सिजन सारिएको, स्टारसिप पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गरिएको जस्ता उपलब्धि हासिल भएको थियो ।

त्यस्तै स्टारशिपको दोस्रो परीक्षण १८ नोभेम्बर २०२३ मा गरिएको थियो । सुपर हेभी बूस्टर र स्टारसिपको पृथकीकरण सुरु भएको लगभग २।४ मिनेटपछि भयो र बुस्टर पृथ्वीमा फिर्ता अवतरण गर्नुपर्नेमा ३.२ मिनेट पछि ९० किलोमिटर माथि विस्फोट भयो । योजना अनुसार स्टारसिप अघि बढ्यो । करिब ८ मिनेटपछि पृथ्वीबाट १४८ किलोमिटर उचाइमा रहेको स्टारसिप पनि खराब भयो, जसका कारण यसलाई नष्ट गर्नुपरेको थियो । यो उडान टर्मिनेशन प्रणाली मार्फत नष्ट भएको थियो ।

दोस्रो परीक्षणमा, रकेट र स्टारसिपलाई अलग गर्न पहिलो पटक हट स्टेजिङ प्रक्रिया प्रयोग गरिएको थियो, जुन पूर्ण रूपमा सफल भयो । सबै ३३ र्‍याप्टर  इन्जिनहरू पनि प्रक्षेपण देखि विभाजन सम्म ठीक तरिकाले फायर गरिएको थियो ।

त्यस्तै स्टारशिपको पहिलो परिक्रमा परीक्षण २० अप्रिल २०२३ मा गरिएको थियो । यस परीक्षणमा बुस्टर ७ र सिप २४ लन्च गरिएको थियो । उडेको ४ मिनेटपछि स्टारसिप मेक्सिकोको खाडीबाट ३० किलोमिटर माथि विस्फोट भएको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  १० : ५६ बजे

प्रदर्शनअघि नै पीटीआईका ३५ कार्यकर्ता पक्राउ

एजेन्सी– अक्टोबर १५ मा हुने पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) को प्रदर्शनअघि

अवरुद्ध सडक खुल्नासाथ पाथीभरामा तीर्थयात्रीको चहलपहल

फुङ्लिङ – सडक अवरुद्धका कारणले सुनसान जस्तै भएको पाथीभरा पछिल्लो

भरतपुर अस्पताल : दसैँका अवधिमा प्रसूति सेवा लिने धेरै

चितवन– यहाँको सरकारी भरतपुर अस्पतालमा दसैँको टीकाको दिनमा १५ जनाले

नेपालविरुद्ध टी-२० सिरिज खेल्ने अमेरिकी टिमको घोषणा

काठमाडौं– अमेरिकाले नेपालविरुद्धको टी-२० सिरिजका लागि टिमको घोषणा गरेको छ

जनगणनाको इतिहास : मालिक र कमारा–कमारीको गन्ती

काठमाडौं– नेपालमा जनगणना हरेक १० वर्षको अन्तरालमा गरिन्छ । जनगणना