फिल्म ‘ताण्डवम्’ भ्यालेन्टाइन डे मा प्रदर्शन हुने | Khabarhub Khabarhub

फिल्म ‘ताण्डवम्’ भ्यालेन्टाइन डे मा प्रदर्शन हुने


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जुनिम गहतराजको डेब्यु निर्देशकीय फिल्म ‘ताण्डवम्’ भ्यालेन्टाइन डेको दिन पारेर आगामी फागुन २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।

दशैँको अवसर पारेर शनिबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो ।

पोस्टरले फिल्म सस्पेन्स–थ्रिलर कथामा बनेको संकेत गरेको छ । निर्देशक गहतराजले फिल्मको कथाको कनेक्सन धर्मसँग रहेको जनाएका छन् । उनका अनुसार, फिल्मको छायांकन सकिएर यतिबेला पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।

अनिरुद्द्ध आत्रेय र हुसेनको लेखन (कथा, पटकथा तथा संवाद) रहेको फिल्मलाई धन कुमारी गहतराज, सविना मगर र मनिष गौतमले निर्माण गरेका हुन् ।

फिल्ममा अंकित खड्का, पुस्कर गुरुङ, प्रेम सुब्बा, अनोज पाण्डे, सरिना मगर, जुनीम गहतराज लगायतको अभिनय छ । यसमा हरि घले लामाको छायाङ्कन तथा सम्राट बस्नेतको द्वन्द्व निर्देशन छ ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ११ : ११ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’