फिल्म ‘ताण्डवम्’ भ्यालेन्टाइन डे मा प्रदर्शन हुने « Khabarhub

फिल्म ‘ताण्डवम्’ भ्यालेन्टाइन डे मा प्रदर्शन हुने


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जुनिम गहतराजको डेब्यु निर्देशकीय फिल्म ‘ताण्डवम्’ भ्यालेन्टाइन डेको दिन पारेर आगामी फागुन २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।

दशैँको अवसर पारेर शनिबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो ।

पोस्टरले फिल्म सस्पेन्स–थ्रिलर कथामा बनेको संकेत गरेको छ । निर्देशक गहतराजले फिल्मको कथाको कनेक्सन धर्मसँग रहेको जनाएका छन् । उनका अनुसार, फिल्मको छायांकन सकिएर यतिबेला पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।

अनिरुद्द्ध आत्रेय र हुसेनको लेखन (कथा, पटकथा तथा संवाद) रहेको फिल्मलाई धन कुमारी गहतराज, सविना मगर र मनिष गौतमले निर्माण गरेका हुन् ।

फिल्ममा अंकित खड्का, पुस्कर गुरुङ, प्रेम सुब्बा, अनोज पाण्डे, सरिना मगर, जुनीम गहतराज लगायतको अभिनय छ । यसमा हरि घले लामाको छायाङ्कन तथा सम्राट बस्नेतको द्वन्द्व निर्देशन छ ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ११ : ११ बजे

झापामा जङ्गली हात्ती मृत फेला

बनियानी– यहाँको बुद्धशान्ति गाउँपालिका–३ स्थित डाँडागाउँमा एउटा जङ्गली हात्ती मृत

भद्रपुरमा औद्योगिक तथा व्यापार महोत्सव हुने

झापा– मुलुककै पुरानो औद्योगिक नगर भद्रपुरमा नौ वर्षपछि औद्योगिक, व्यापार,

तीन सातादेखि बन्द रहेको जलविद्युत् उत्पादन पुनः सुरु

ताप्लेजुङ– गत मङ्सिर अन्तिम सातादेखि बन्द  रहेको ७३ मेगावाट क्षमताको

गोरखामा च्याउ खाँदा एकाघरका चार जना बिरामी

गोरखा – परालको टौवामा उम्रिएको च्याउको तरकारी बनाएर खाँदा एउटै

तोलामा ३ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य आज फेरि बढेको छ ।