प्रदर्शनअघि नै पीटीआईका ३५ कार्यकर्ता पक्राउ « Khabarhub

प्रदर्शनअघि नै पीटीआईका ३५ कार्यकर्ता पक्राउ


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अक्टोबर १५ मा हुने पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) को प्रदर्शनअघि नै लोहोर प्रहरीले सहरका विभिन्न भागबाट ३५ भन्दा बढी पिटिआईका कार्यकर्तालाई पक्राउ गरेको एआरवाई न्युजले बताएको छ । 

पञ्जाब प्रहरीले डिफेन्स, कोट लखपतजोहर टाउनलगायत धेरै क्षेत्रमा छापा मारी पीटीआई प्रदर्शन आयोजना गर्न संलग्न भएको विश्वास गरिएका व्यक्तिहरूलाई लक्षित गरेको छ । पाकिस्तानले अक्टोबर १५ र १६ मा साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलन आयोजना गर्ने भएकाले प्रहरी कारबाही कानून व्यवस्था कायम राख्ने र कुनै पनि अवरोध रोक्ने हिस्सा हो । 

इमरान खानले स्थापना गरेको पीटीआईको नेतृत्वले अक्टोबर १५ मा राजनीतिक गुनासोहरूका बारेमा आवाज उठाउने प्रदर्शन गर्ने घोषणा गरेको छ । यसबाट खानको पार्टी र कानून कार्यान्वयन निकायहरूबीच तनाव उत्पन्न भएको छ । उक्त दिन इस्लामावादमा हुने एससीओ शिखर सम्मेलनको पहिलो दिन हो । 

घटनाक्रमलाई ध्यानमा राख्दै प्रहरी अधिकारीहरूले सार्वजनिक सुरक्षा सुनिश्चित गर्दै मानिसहरूको प्रदर्शन गर्ने अधिकारको सम्मान गर्ने प्रतिबद्धता जनाएको एआरवाई न्युजले बताएको छ । 

पिटिआईले गत साता आफ्नो राजनीतिक समितिको बैठकपछि प्रदर्शनको घोषणा गरेपछि प्रहरीको कारबाही आएको हो । सामाजिक सञ्जाल एक्समा पीटीआई केन्द्रीय सूचना सचिव शेख वकास अकरमले अक्टोबर १५ मा इस्लामाबादको डि–चौकीमा ‘शक्तिशाली’ प्रदर्शन हुने बताएका थिए । 

उनले पञ्जाबमा पिटिआईका प्रदर्शनहरू रद्द गरिएको र पञ्जाबमा थुनामा राखिएका पीटीआई कार्यकर्ता, नेता र प्रान्तीय विधानसभा सदस्य (एमपिए) लाई रिहा गर्न आह्वान गरेका छन् ।

पिटिआईले सङ्घीय र पञ्जाब सरकारद्वारा गरिएका ‘गैरकानूनी’ छापा र गिरफ्तारीहरू अन्त्य गर्न आह्वान गरेको छ । शेख वकास अकरमले सरकारका कार्यले पिटीआई अध्यक्षको जीवन खतरामा परेको र यसले उनलाई आधारभूत मानवअधिकारबाट ‘वञ्चित’ गरेको बताए।

उनले सरकारलाई दमन र हिंसा गरेको आरोप लगाउँदै पिटीआई पछि नहट्ने बताए। ‘इमरान खानलाई आधारभूत अधिकार, परिवार र पार्टी नेताहरूसँग पहुँच प्रदान नगरिए अक्टोबर १५ मा सम्पूर्ण पाकिस्तान सडकमा उत्रिनेछ’, उनले भने । 

यसैबीच पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले पीटीआईलाई ‘व्यापक राष्ट्रिय हितमा’ अक्टोबर १५ को प्रदर्शन आह्वान फिर्ता लिन आग्रह गरे।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  १ : १० बजे

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय