खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गरिने | Khabarhub Khabarhub

खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गरिने


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण बाढीपहिरो, डुबानजस्ता विपद्बाट खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गर्ने तयारी भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ ।

विपद्का कारण बाटो बिग्रिएको, पहिरोले पानीको मुहानसम्म पुग्न नसकिएको लगायतका कारण क्षतिबारे तत्काल अध्ययन गर्न असहज भएको केयुकेयलका प्रवक्ता प्रकाशकुमार राईले बताए। 

प्रवक्ता राईका अनुसार बाटो मर्मत भएपछि अध्ययन गरिनेछ । ‘पहिरोको कारण अधिकांश स्थानमा खानेपानीको मुहान पुरिएकाले समस्या भएको छ ।

वर्षाका कारण फर्पिङ हेन्ड पोष्टदेखि फर्पिङ पम्पहाउससम्म आउने ‘पेनस्टक पाइप’ र ललितपुरको नल्लुबाट चापागाउँ पानीपोखरीसम्म आउने पाइपमा धेरै क्षति पुगेकाले विशेषगरी ललितपुरमा पानीको समस्या छ,’ उनले भने, ‘धेरै ठाउँमा खानेपानीको स्रोत पुरिएको छ, मर्मतका लागि जाने बाटो छैन त्यसैले आयोजना मर्मतका लागि समय लाग्छ ।’

उनका अनुसार ललितपुरको खुमलटार क्षेत्रमा भने सुन्दरीजलको पानी ल्याएर वितरण भइरहेको छ । राईले भने, ‘आयोजना मर्मतका लागि हामी सङ्घीय सरकारसँग पनि समन्वय गरेर अगाडि बढ्ने छौँ ।’

खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले खानेपानीको व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न आयोजना मर्मत तत्काल सुरु गर्न अनुरोध गरे । 

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ३ : ४२ बजे

नवनियुक्त इजरायली राजदूतको स्वागत

काठमाडौं– नेपालका लागि इजरायलका नवनियुक्त राजदूत स्मुलिम एरी बास आफ्नो

सामाजिक सद्भाव कायम गर्न छठ महत्वपूर्ण : माधव नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मौलिक कला र

चितवनमा मापदण्डविपरीतका संरचना भत्काइँदै

चितवन– चितवनको भरतपुर महानगरपालिकाले पुङ्गी खोला किनारमा अतिक्रमित संरचना हटाउन

जेठोबुढो धानमा गभारो : भित्र्याउने बेला न धान, न पराल

गण्डकी– जेठोबुढो धानको पकेट क्षेत्रका रुपमा परिचित पोखराको फेवाफाँटका किसान

चाडपर्व सकिएसँगै मानवबेचविखनको जोखिम, प्रहरी भन्छ- ‘आफ्नो सुरक्षा आफैं गरौं’

चाडपर्व सकिएलगत्तै मानव बेचबिखन बढ्ने भन्दै सतर्कता अपनाउन मानव बेचबिखन