कडा सुरक्षा घेरामा तेस्रो दिन रविको बयान, आजै सकिए पोखरा फर्काइने | Khabarhub Khabarhub

कडा सुरक्षा घेरामा तेस्रो दिन रविको बयान, आजै सकिए पोखरा फर्काइने


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

भैरहवा– सहकारी ठगीसम्बन्धी कसुरमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान तेस्रो दिन पनि भैरहवामा जारी छ ।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना अभियोगमा जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएका पूर्व गृहमन्त्री लामिछानेलाई बिहीबार पनि सदरमुकाम भैरहवास्थित सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर बयान लिइएको हो । रविको बयान सुरक्षा अधिकारीसहितको उपस्थितिमा मंगलबारदेखि चलिरहेको छ ।

सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई तेस्रो दिन पनि बाक्लो सुरक्षाबीच जिल्ला सरकारी वकिलको कार्यालयमा बिहान साढे १० बजे बयान गराउन लगिएको हो ।

भैरहवास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई मंगलबार पहिलो दिन प्रारम्भिक बयानका क्रममा ३ घण्टा ३५ मिनेट सोधपुछ गरिएको थियो ।

दोस्रो दिन बिहान सवा १० बजेदेखि साँझ सवा ७ बजेसम्म ९ घण्टा बयान गराइएको थियो । तर दुई दिनमा पनि सवाल-जवाफ नसकिएकोले बिहीबार बयानका लागि लगिएको हो । बिहीबार नै बयानको अन्तिम टुङ्गो लगाउन योजना अभियोजन पक्षको छ ।

रुपन्देहीका प्रमुख जिल्ला न्यायधिवक्ता प्रेमराज पौडेलले मुलकुी फौजदारी कार्याव्यवस्थाको दफा १६ मा अनुसन्धान अधिकारीले सरकारी वकिलसमक्ष बयान लिने व्यवस्था अनुरुप अनुसन्धान अधिकारीले उपस्थित गराएका बताएका छन् ।

‘बुधबारसम्मको बयानको अन्तिम रुप दिँदै रुजु गर्ने र रोलक्रम गर्ने काम बिहीबार हुनेछ’, उनले भने, ‘उहाँविरुद्ध परेको सहकारी ठगीको कसुरमै केन्द्रित भएर सवाल-जवाफ भएका छन् । उहाँ (रवि) को सहमतिमै सहज रुपमा जवाफ आइरहेको छ । कतिवटा प्रश्न गरिएको भन्ने यकिन भएको छैन, सम्भवः आज बयान सकिन सक्छ ।’

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३१ ले प्रहरीले अनुसन्धान गरेपछि प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाउँछ । अनुसन्धान पूरा भएको नदेखिएको अवस्थामा थप अनुसन्धान गर्नुपरेमा वा मुद्दाको बीचमा थप बयान लिनुपर्ने देखिएमा लिन सक्ने व्यवस्था पनि छ । त्यो कानुन टेकेर अवस्था हेरेर फेरि बयान लिन सकिने व्यवस्था कानुनमा छ ।

सरकारी वकिलको कार्यालयमा ठूलो संख्यामा प्रहरी अधिकृतहरू नै खटिएर प्रहरीको घेरामा नै बयान कक्ष सम्म पुर्‍याइएको छ ।

मंगलबार बयानपछि बाहिर निस्कने क्रममा सरकारी वकिलको कार्यालय परिसरमै ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रतिक्रिया दिएपछि प्रशासनलाई चुनौती थपिएको छ ।

केही बोलिहाल्ने भन्ने डरले लामिछानेलाई छेकेर सरकारी वाकिलको कार्यालय र हिरासतसम्मको यात्रा भइरहेको छ । दर्जनौँ नेपाल प्रहरी र सशस्त्र प्रहरीको घेरामा मात्रै उनलाई सरकारी वकिलको कार्यालयमा लगिएको छ । आज बयान सकिए साँझसम्म उनलाई रुपन्देहीबाट पोखरा पठाइने छ ।

रास्वपाका कार्यकर्ताहरूले लामिछाने रुपन्देही आएदेखि नै उनको समर्थनमा विरोध गरेका छन् । त्यही क्रममा बुधबार दिउँसो अदालतअगाडि कार्यकर्ता प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीसँग केहीबेर तनाव भएको थियो । बिहीबार पनि रास्वपाले रुपन्देहीमा मोटरसाइकल र्‍याली निकाल्दैछ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  १२ : २४ बजे

यो वर्ष ५० प्रतिशत घट्यो तरुल उत्पादन

सुनसरी – बराहक्षेत्र नगरपालिकाको प्रकाशपुर, राजाबास र चक्रघट्टीमा यो वर्ष

झापाको बाहुनडाँगीमा तरुल महोत्सव

झापा– माघे सङ्क्रान्तिका अवसरमा झापाको मेचीनगर नगरपालिकाको वडा नम्बर ४

नुवाकोटको तारुकामा आज गोरु जुधाइ प्रतियोगिता

नुवाकोट– माघे सङ्क्रान्ति पर्वका अवसरमा आज नुवाकोटको तारुका, वेत्रावतीलगायत स्थानमा

थारू संस्कृतिको संरक्षण गर्न महोत्सव आयोजना

मोरङ– मोरङको सुन्दरहरैँचा नगरपालिका–४ मा रहेको थारू सांस्कृतिक सङ्ग्रहालयको आयोजनामा

भाषा, संस्कृति, चाडपर्व र परम्परा हाम्रा पहिचान हुन् : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, धार्मिक एवं सामाजिक