‘द गार्जियन’ले बहिष्कार गर्‍यो ‘एक्स’, अब कुनै सामग्री पोस्ट नगर्ने | Khabarhub Khabarhub

‘द गार्जियन’ले बहिष्कार गर्‍यो ‘एक्स’, अब कुनै सामग्री पोस्ट नगर्ने


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायती अखबार द गार्जियनले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा अब कुनै कुरा पोस्ट नगर्ने भएको छ।

गार्जियनले एक्समा नकारात्मकता धेरै भएको भन्दै अबदेखि आफ्नो आधिकारिक एकाउन्ट एक्समा कुनै समाचार पोस्ट नगर्ने बताएको हो ।

गार्जियनले भनेको छ, ‘हामीले हाम्रो आधिकारिक सम्पादकीय खाताबाट ‘एक्स’ मा पोस्ट गर्न बन्द गरेका छौँ । तर एक्स प्रयोगकर्ताले हाम्रा रिपोर्ट सेयर गर्न सक्छन् ।

यसको कारण बताउँदै द गार्जियनले लेखेको छ, ‘हामीलाई लाग्छ ‘एक्स’ मा अहिले धेरै नकारात्मकता छ । हामी हाम्रो पत्रकारितालाई थप प्रवर्द्धन गर्न स्रोतहरू राम्रोसँग प्रयोग गर्न सक्छौं ।’

अखबारले लामो समयदेखि यसबारे सोचिरहेको बताउँदै प्रायः ‘एक्स’ मा विचलित पार्ने सामग्री पाइने बताएको छ । यसमा अति दक्षिणपन्थी प्रचार र नस्लवादसँग सम्बन्धित सामग्री पनि समावेश रहेको गार्जियनले उल्लेख गरेको छ ।

द गार्जियनले भनेको छ, ‘अमेरिकी चुनावले पनि प्रमाणित गरेको छ कि ‘एक्स’ एक ‘विषाक्त’ प्लेटफर्म हो। यसका मालिक इलोन मस्कले राजनीतिक वातावरण प्रभाविता पार्न प्रयोग गर्न सक्छन् ।’

यद्यपि, एक्सक प्रयोगकर्ताले गार्जियनका लेखहरू साझा गर्न भने सक्ने छन् । यसबाहेक यो पत्रिकाले आफ्ना रिपोर्टरहरूले समाचार संकलन गर्न एक्स प्रयोग गर्न सक्ने बताएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  १ : २९ बजे

एकनाले भरुवा बन्दुकसहित एक जना पक्राउ

स्याङ्जा– गल्याङ नगरपालिका-९ डुबिन बस्ने ३६ वर्षीय राम प्रसाद भट्टराईलाई एकनाले भरुवा

संविधानको रक्षा र सुशासनका लागि क्षेत्राधिकारभित्र रहेर काम गर्ने प्रदेश प्रमुख कर्णको प्रतिबद्धता

जनकपुर– मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले

नालीमा डुबेर १३ महिने बालकको मृत्यु

कपिलवस्तु– कपिलवस्तु नगरपालिका-६ सेमरी बस्ने मनोहर हुसेनको छोरा १३ महिनाको आकिब मुसलमानको

‘परान’को व्यापार साढे ७ करोड पुगेको निर्देशकको दाबी

काठमाडौं – नीर शाह शीर्ष भूमिकामा रहेको फिल्म ‘परान’ले सुरुवाती

विवाद नमिलेपछि केन्द्रीय समिति रोकेर कांग्रेसमा डाकियो कार्यसम्पादन समिति बैठक

काठमाडौं- नेपाली कांग्रेसले जारी केन्द्रीय कार्यसमिति बैठक रोकेर कार्यसम्पादन समिति