नियमित त्रिफला खाँदा पुग्छ यस्तो फाइदै फाइदा « Khabarhub

नियमित त्रिफला खाँदा पुग्छ यस्तो फाइदै फाइदा


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वस्थ र दीर्घायु जीवनका लागि अमृत समान औषधि हो त्रिफला । त्रिफला भनेको हर्रो एक भाग, बर्रो दुई भाग र अमला तीन भागको मिश्रणमा बनाइएको आयुर्वेदिक औषधि हो ।

यसलाई ताजा पानीमा बिहान शौच गरेपछि खाली पेटमा दैनिक एक पटक लिनु उपयुक्त हुन्छ । यसको नियमित सेवनले सबै प्रकारका रोगबाट मुक्त हुन सकिने आयुर्वेदिक चिकित्साले जनाएको छ । त्रिफलाले विभिन्न रोगहरूबाट बचाउँछ ।

त्रिफलाले ग्यास्ट्रिक, मधुमेह, कफ, पित्त, छाला तथा आँखा सम्बन्धी रोग, मोटोपना घटाउन, मानसिक तनाव कम गर्न सहयोग पुर्‍याउँछ ।

यस्तै पाचन शक्ति बढाउने, कब्जियत हटाउने, प्रजनन स्वास्थ्य तथा महिनावारीको समस्या कम गराउने स्वरमा सुधार ल्याउने र रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुर्‍याउँछ । त्रिफलाको नियमित सेवनले शरीरका सम्पूर्ण विकारहरू निकाल्ने काम गर्छ ।

नियमित त्रिफला सेवनको यस्तो छ फाइदा

–त्रिफला सेवन गरेको एक वर्षभित्रमा तपाईँमा आलस्यको समस्या हट्छ । तपाईँमा भएको कमजोरी तथा थकानलाई टाढा बनाउँछ ।

–त्रिफलाको सेवन दुई वर्ष सम्म नियमित गर्दा सबै प्रकारको रोगबाट मुक्ति मिल्छ ।

–तीन वर्षसम्म नियमित त्रिफलाको प्रयोग गर्दा आँखाको ज्योति राम्रो हुन्छ ।

–चार वर्षसम्म नियमित त्रिफला सेवा गर्दा तपाईँको शरीरको सुन्दरता बढ्छ ।

–नियमित पाँच वर्षसम्म त्रिफला सेवन गर्दा बौद्धिक विकास हुन्छ ।

–बाह्र वर्षसम्म नियमित त्रिफलाको सेवन गर्नाले शरीरलाई निकै फाइदा पुर्‍याउँछ ।

–मानिसको शरीर बलियो हुन्छ । यस्तो वर्षौसम्म नियमित त्रिफला प्रयोग गर्दा कपाल कालो हुने, शरीरमा वृद्धता हटाई जवान देखिने हुन्छ ।

त्रिफला सेवन गर्दा यस्तो कुरामा ध्यान दिनुस् । 

त्रिफला सेवा गर्दा शरीर र स्वास्थ्यका लागि निकै फाइदाजनक छ । तर त्यसको लागि सही तरिकाले त्रिफलाको सेवन गर्नुपर्छ । त्रिफला खाली पेटमा सेवा गर्नुपर्छ । त्रिफला सेवन गरेपछि एक घण्टा सम्म केही खानु हुँदैन ।

त्रिफला सेवन गर्दा शुरुवातमा पेट सफा गर्ने भएकाले २,४ दिनसम्म दिनमा दुई पटक सम्म पातलो दिसा आउन सक्छ । यसमा आत्तिनु हुँदैन ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ४ : २२ बजे

विश्वकप क्रिकेट लिग–२ : अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको

नारायणगोपाल चोक–चप्पल कारखाना सडकखण्ड निर्माण सम्पन्न

काठमाडौं – राजधानीको चक्रपथअन्तर्गत पर्ने नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको करिब

दाङमा अतिक्रमण गरी बनाइएका संरचना हटाइने

दाङ– सडक डिभिजन कार्यालय दाङले राजमार्ग तथा विभिन्न सडक क्षेत्रमा

देशभर सार्वजनिक सवारीको नयाँ दर्ता रोक्का, अर्को सूचना नभएसम्म लागू

काठमाडौं– यातायात व्यवस्था विभागले देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता

नागढुङ्गादेखि कलंकीसम्मको मुख्य सडकमा सीसी क्यामरा जडान गरिने

काठमाडौं– काठमाडौँको चन्द्रागिरि नगरपालिकामा सिसि क्यामेरा जडान गर्न नगरपालिका र