रुपन्देहीमा तीन दिनको बयानपछि रविलाई कास्की फर्काउने तयारी « Khabarhub

रुपन्देहीमा तीन दिनको बयानपछि रविलाई कास्की फर्काउने तयारी


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बिहीबार नै प्रहरीले पोखरा फर्काउने तयारी गरेको छ ।

अपरान्ह ४ बजेअगाडि लामिछानेको बयान लिइसकेसर पौने ५ बजेको जहाजबाट उनलाई पोखरा पठाउने तयारी प्रहरीले गरेको रविका सचिवालयका एक नेताले खबरहबलाई बताए ।

यही कात्तिक २५ गते जिल्ला अदालत कास्कीले पूर्व गृहमन्त्रीसमेत रहेका रविलाई सहकारी ठगीसम्बन्धीसहितका प्रकरणमा अनुसन्धान गर्न थप १३ दिन म्याद दिएको थियो ।

कास्कीमै म्याद थप भएकाले उनलाई अड्डासार गरेर रुपन्देही लगिएको थियो । रुपन्देहीमा हुँदा पनि उनको हिरासतको हिसाब कास्कीकै कायम हुन्छ ।

‘बयान सकिन लागेको खबर आएको छ’, ती नेताले भने, ‘पौने ५ बजेको उडान छ भन्ने कुरा आएको छ । ५ बजेसम्म उहाँ रुपन्देहीबाट उड्नुहोला ।’

यता लामिछानेलाई पक्राउ गरी हिरासतमा राखेको भन्दै रास्वपाले विरोध प्रदर्शन गरिरहेको छ ।

रास्वपाले सभापति लामिछानेलाई पक्राउ गरेर हिरासतमा राखेको विरोधमा रुपन्देहीको बुटवलदेखि बिहिबार भैरहवासम्म मोटरसाइकल र्‍याली निकालेको छ ।

सहकारी ठगीसम्बन्धी कसुरमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवामा तीन दिनदेखि बयान जारी छ ।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना अभियोगमा जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएका पूर्व गृहमन्त्री लामिछानेलाई तीन दिन अगाडि सदरमुकाम भैरहवास्थित सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो ।

रविलाई पछिल्लो पटक कात्तिक २५ मा चौथो पटक कास्कीमा म्याद थपिएको थियो। कात्तिक २ गते पक्राउ परेका उनलाई कात्तिक ४ गते पहिलो पटक ६ दिन, कात्तिक ८ गते ७ दिन र कात्तिक २० गते कात्तिक १५ गतेबाट लागू हुनेगरी १० दिन म्याद थपिएको थियो।

कात्तिक २० गते थपिएको म्याद सकिएपछि न्यायाधीश नवराज दाहालको इजलासले कात्तिक २५ गते १३ दिन म्याद थप गर्न आदेश दिएका थिए ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ३ : ५० बजे

कार्यरत रहेको संस्थामा मात्रै आफ्नो विवरण राख्न चिकित्सकलाई काउन्सिलको निर्देशन 

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले दर्तावाल चिकित्सकहरूलाई लक्षित गर्दै आफ्नो नाम

शान्ति पहलसँगै द्वन्द्वको दबाब कायम

एजेन्सी– इरानले स्ट्रेट अफ होर्मुज हुँदै ‘गैर–शत्रुतापूर्ण’ तेल ट्यांकरहरूलाई आवतजावत

सरकार गठन विषयमा बालेन-रविबीच छलफल जारी, दोस्रो तहका नेता बेखबर

काठमाडौं– सरकार गठनको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण

काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये

अमेरिकाद्वारा इरानलाई १५ बुँदे युद्धविराम प्रस्ताव, मध्यपूर्वमा तनाव कायमै

एजेन्सी– अमेरिका सरकारले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले १५