सामाजिक सञ्जाल विधेयक–२०८१ पुनर्लेखन गर्नुपर्छ : शेखर कोइराला « Khabarhub

सामाजिक सञ्जाल विधेयक–२०८१ पुनर्लेखन गर्नुपर्छ : शेखर कोइराला


२९ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल विधेयक–२०८१ पुनर्लेखन हुनुपर्ने बताएका छन् ।

मिडिया लयर्स एशोसिएसनले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कोइरालाले कानून नागरिकका लागि बनाइने भएकाले नागरिकतहमा छलफल गरेर उक्त विधेयकलाई पुनर्लेखन गर्नुपर्ने बताएका हुन् । नागरिकलाई दण्डित गर्ने गरि बनाइने कानून उचित नहुने उनले बताए ।

उनले संविधानसँग बाझिएका कानूनहरूलाई पनि संशोधन गर्नुपर्ने धारणा राखे । संविधानमा लेखेका कुराहरुलाई अक्षरस कार्यान्वयन गर्ने गरि कानून बनाउनुपर्नेमा त्यसमा चुकेको उनको भनाइ छ । उनले विश्वका कुनै पनि सरकार निरङ्कुशतातर्फ नै जाने भएकाले त्यसमा कुनै शंका गर्नुनपर्ने जिकिर गरे ।

उनले नेपालमा छिटो छिटो सरकार परिवर्तन हुने भएकाले प्रतिपक्ष वा सत्तापक्ष भन्नेमा धेरै जोड दिन नहुने बताए । 

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ५ : ४९ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं