भारत र अस्ट्रेलियाका सेना पुणेमा संयुक्त सैन्य अभ्यास गर्दै « Khabarhub

भारत र अस्ट्रेलियाका सेना पुणेमा संयुक्त सैन्य अभ्यास गर्दै


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र अस्ट्रेलियाले तेस्रो संस्करणको संयुक्त सैन्य अभ्यास सञ्चालन गरेका छन् । भारतको पुणेमा दुई मुलुकका सेनाले ‘अस्ट्राहिन्द’ नामक सैन्य अभ्यास सञ्चालन गरेका हुन् ।

गत नोभेम्बर ८ बाट शुरु भएको अभ्यास आगामी नोभेम्बर २१ सम्म चल्ने भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

सैन्य अभ्यासमा भारतीय सेनाको डोगरा रेजिमेन्टका १ सय ४० सैनिक र वायुसेनाका १४ सैनिक सहभागी छन् । अस्ट्रेलियाबाट भने अभ्यासमा दोस्रो डिभिजनअन्तर्गत १० औँ ब्रिगेडमा समावेश १३ औँ लाइट हर्स रेजिमेन्टका १ सय १२ सैनिक सहभागी छन् ।

दुई मुलुकले सन् २०२२ यता हरेक वर्ष ‘अस्ट्राहिन्द’ नामक सैन्य अभ्यास गर्दै आएका छन् । गत वर्ष डिसेम्बर महिनामा अस्ट्रेलियाको पर्थमा दुई मुलुकका सेनाले अभ्यास गरेका थिए । दुई मुलुकका सेनाबीच सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले सैन्य अभ्यास सञ्चालन गर्न थालिएको हो ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  १० : ३८ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी