भारत र अस्ट्रेलियाका सेना पुणेमा संयुक्त सैन्य अभ्यास गर्दै « Khabarhub

भारत र अस्ट्रेलियाका सेना पुणेमा संयुक्त सैन्य अभ्यास गर्दै


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र अस्ट्रेलियाले तेस्रो संस्करणको संयुक्त सैन्य अभ्यास सञ्चालन गरेका छन् । भारतको पुणेमा दुई मुलुकका सेनाले ‘अस्ट्राहिन्द’ नामक सैन्य अभ्यास सञ्चालन गरेका हुन् ।

गत नोभेम्बर ८ बाट शुरु भएको अभ्यास आगामी नोभेम्बर २१ सम्म चल्ने भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

सैन्य अभ्यासमा भारतीय सेनाको डोगरा रेजिमेन्टका १ सय ४० सैनिक र वायुसेनाका १४ सैनिक सहभागी छन् । अस्ट्रेलियाबाट भने अभ्यासमा दोस्रो डिभिजनअन्तर्गत १० औँ ब्रिगेडमा समावेश १३ औँ लाइट हर्स रेजिमेन्टका १ सय १२ सैनिक सहभागी छन् ।

दुई मुलुकले सन् २०२२ यता हरेक वर्ष ‘अस्ट्राहिन्द’ नामक सैन्य अभ्यास गर्दै आएका छन् । गत वर्ष डिसेम्बर महिनामा अस्ट्रेलियाको पर्थमा दुई मुलुकका सेनाले अभ्यास गरेका थिए । दुई मुलुकका सेनाबीच सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले सैन्य अभ्यास सञ्चालन गर्न थालिएको हो ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  १० : ३८ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा