साइबर अपराधको आरोपमा एक महिला पक्राउ « Khabarhub

साइबर अपराधको आरोपमा एक महिला पक्राउ


२९ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक सञ्जालबाट चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी आघात पुर्‍याएको आरोपमा केन्द्रीय साइबर ब्यूरोले कैलालीकी एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१३ की कुमारी जानकी बोगटी रहेकी केन्द्रीय साइबर ब्यूरोका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक नविन्द अर्यालले जानकारी दिए ।

उनले भने, “निजकुमारी जानकी बागटीले सामाजिक सञ्जालमा चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी चरित्रमा निर्मम आघात पुर्‍याउनुका साथै सामाजिक जीवनमा गम्भीर असर पुर्‍याउने कार्य गर्ने उपर आवश्यक अनुसन्धान गरी कारबाहीका लागि ब्यूरोमा पीडित महिलाको निवेदन प्राप्त भएपछि पक्राउ गरिएको हो ।”

जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोगमा उनलाई सुर्खेतबाट पक्राउ गरी केन्द्रीय साइबर ब्यूरो काठमाडौँमा ल्याइ जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरिएको प्रहरी नायब महानिरीक्षक अर्यालले बताए ।

पक्राउ परेकी निज बोगटी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भइरहेको केन्द्रीय साइबर ब्यूरो काठमाडौँले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  १० : ५२ बजे

म्याग्दीमा धान उत्पादन २.७० प्रतिशतले वृद्धि

म्याग्दी– म्याग्दीमा यस वर्ष धान उत्पादन गत वर्षको तुलनामा २.७०

महिला बास्केटबलमा सुदूरपश्चिम क्वाटरफाइनलमा

काठमाडौँ– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलको फुल कोर्टमा सुदूरपश्चिम

बूढीगण्डकी आयोजना निर्माणको चरणमा प्रवेश गरिसक्यो : सभामुख अर्याल

काठमाडौँ- सभामुख डोलप्रसाद (डीपी) अर्यालले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको चरणमा

गङ्गा किनारमा देव दीपावलीको रौनक (तस्बिरहरू)

काठमाडौं– भारतको वाराणसीमा कार्तिक पूर्णिमाका अवसरमा मंगलबार देव दीपावली मनाइँदै