आज २०८१ साल मंसिर २९ गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल मंसिर २९ गते शनिबारको राशिफल


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल मंसिर २९ गते शनिबार तदनुसार सन् २०२४ डिसेम्बर १४ तारिख। मार्गशीर्ष शुक्ल पक्षको चतुर्दशी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : धनस्थानमा चन्द्रमा पुगेकाले दिन राम्रो छ। लगानी गरेको भए सदुपयोग गर्नु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। स्वदेशमा भन्दा विदेशमा आकर्षण बढ्नेछ। लगानी गरेको भए स्वदेशमा फाइदा हुनेछ।

वृष : लग्नका चन्द्रमाले गर्दा दिन सहज बन्नेछ। मन शान्त हुनेछ। आफूभन्दा ठुला व्यक्तिको सुझाव लिएर अगाडि बढेमा दैनिकी सहज बन्नेछ। कृषि र पशुपन्छीको क्षेत्रमा लगानी गरेको भए राम्रो आम्दानी हुनेछ।

मिथुन : साना कुराले मनमा झन्झट बढ्नेछ। चिसोबाट बच्नु फाइदा होला। राज्यको तर्फबाट भय हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। मनको गोपनीयतालाई सुरक्षित गर्नुपर्ने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। लगानीका क्षेत्र सबल छन्। दैनिक काममा भन्दा व्यापारमा फाइदा हुनेछ। कपडाको व्यापार गरेमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन राम्रो छ। लगानीका स्रोत फैलिने देखिन्छ। सानो लगानी भए पनि आम्दानी बढ्नेछ। बोली र व्यवहारमा एकरुपता नहुँदा खटपटी बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथीको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ।

कन्या : शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परीक्षामा राम्रो नतिजाा प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा विपक्षी सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ।

तुला : दिन सामान्य छ। आफन्तले धोका दिने दिन छ। गोप्य कुरालाई सुरक्षित गर्नु राम्रो हुनेछ। स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। घरका सदस्यले भन्दा अपरिचित व्यक्तिले प्रशंसा गर्ने योग छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुनसक्छ।

वृश्चिक : मनमा खुशी मिल्नेछ। गुरुबाट लिएको सुझावले भविष्य बन्नेछ। आफूभन्दा ठुला व्यक्तिको सुझाव अनुसार काम गर्नु राम्रो हुनेछ। बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ।

धनु : दिन सामान्य छ। सहयोगी भन्दा विरोधी साथी धेरै भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। बन्धुले साथ नदिने हुनाले विश्वास नगर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग भने निरन्तर प्राप्त हुनेछ।

मकर : शिक्षाको क्षेत्रमा आज तपाईंको उदय हुनेछ। अन्त्य साढेसाती दशा भए पनि शुभग्रहको बहुमत रहेको छ। वैदेशिक क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। परिवारले भने तपाईंमाथि शंका गर्नेछ।

कुम्भ : मध्य साढेसाती दशा भएकाले व्यवहारमा उतारचढाव बढ्ने देखिन्छ। आफन्तबाट अपमानित भएको महसुस हुनेछ। रोगसँग लड्ने क्षमता भने बढ्नेछ। साथीभाइले सहयोग गर्नेछन्।

मीन : सुरुवाती साढेसाती दशा चल्दैछ। बिहान उठेर गणेशको पूजा गर्नु राम्रो हुनेछ। सामाजिक संघ संस्था र राज्यको तर्फबाट प्राप्त अवसरको सदुपयोग गर्नुपर्नेछ। बोली र व्यवहारमा एकरुपता नहुँदा परिवारमा खटपटी बढ्नेछ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ५ : ११ बजे

च्यालेन्ज ट्रफीमा नेपालको खराब सुरुवात, अमेरिकासँग ४४ रनले पराजित

काठमाडौं – पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिका

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको

रास्वपा सभापति लामिछानेले बोलाए सचिवालय बैठक

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी

होर्मुज जलमार्गमा भारतीय जहाजमाथि ‘फायरिङ’

काठमाडौं – होर्मुज जलडमरूमा शनिबार दिउँसो दुई भारतीय व्यापारी जहाजमाथि

मध्यपूर्वी पृतनाअन्तर्गत भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

काठमाडौं – नेपाली सेनाको मध्य पूर्वी पृतनाअन्तर्गत हिमाली र पहाडी