सिरिया: अपदस्थ राष्ट्रपति बसरको सायडनाय जेल अब सम्झनामा | Khabarhub Khabarhub

सिरिया: अपदस्थ राष्ट्रपति बसरको सायडनाय जेल अब सम्झनामा


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

सायडनाय जेल नरककै प्रतिबिम्ब हो। मानवअधिकार कर्मी तथा एमनेस्टी निकटका लागि सो जेलमा छिरेपछि निस्कन जो कोहीका लागि असम्भव नै छ। सिरियाका अपदस्थ राष्ट्रपति बसर अल असादको जीवनकै कालो धब्बाको रूपमा रहेको सो जेलबाट एकै पटक हजारौँ जना निस्किएका छन्। यसरी निस्कने त्यो भीडमा वर्षौँदेखि हराइरहेका आफन्तको खोजी गर्नेको जमात अझै छ।

यसरी निस्कने हजारौँमा जीवित मात्र रहेनन्। धेरै जनाको शव पनि बाहिर निकालियो। दुमासकसको मुस्तायक अस्पतालमा मृतकको फोटो टाँसिएका छन्। हराइरहेका आफ्ना प्रिय जेलबाट ननिस्किएपछि मृतकहरूको जमातमा हुनसक्ने भन्दै धेरै जना त्यहीँ रोकिएका छन्।

त्यहाँ बाहिर राखिएको तस्बिरमा घाउ चोट लागेको अनुहार प्रस्ट देख्न सकिन्छ। पीडा दिइएको नाक, मुख र आँखा छरपस्ट देखिएका छन्। अस्पतालले त्यहाँ एक स्थानमा राखिएका शव सबै जेलबाट ल्याएको बताइ सकिएको छ। आफ्ना, श्रीमान्, श्रीमती, दाजुभाइ र अन्य सबै जना त्यहाँ पुगेका छन्। यसरी पुग्नुको अर्थ धेरै पहिले हराएका आफन्तको टुङ्गो लागेको छैन। जेलबाट छुटेर आफन्त घर पुग्ने आशा मरेपछि उनीहरू अस्पताल पुगेका हुन्।

भुइँमा शवहरू राखिएका छन्। बाहिर तस्बिर हेरेर आफन्तको शव पहिचान गर्न जानेहरू त्यहाँ पुगेर शव लिने गरेका छन्। ब्यागमा राखिएका र राम्रोसँग बन्द नभएका शव छरपस्ट भएका छन्।

चिकित्सा क्षेत्रसँग सम्बन्धितका अनुसार ती सबै मृत्यु हुनेको कारण उनीहरू माथि गरिएको कुटपिट र यातना नै हो। परिवारको छाडेको दाँतको रेकर्ड हेर्दै शवको पहिचान गर्न फोरेन्सिक डेन्टिस्ट डा.राघत आतर सक्रिय छन्। जेललाई विद्रोहीहरूले खुला गरेपछि पारिवारिक मिलनसहित खुसीमा बाच्न चाहनेहरू अहिले रोइरहेको दृश्यले ती डेन्टिस्टलाई समेत भाव विह्वल बनाएको छ।

उनका अघि उपस्थित भएका धेरै जना अहिले पनि रोइरहेका छन्। तथापि उनीहरूमा ५० वर्ष लामो बर्बरता पूर्णा युगको अन्त्यसँगै राम्रो र सुन्दर सिरियाको अपेक्षा छ।

यसरी पीडा बोकेर आफन्तको खोजी गर्नेको भीडमा २८ वर्षीया महिला नुर पनि छिन्। उनका दाजु सन् २०१२ देखि हराइरहेका थिए। दशकौँसम्म निस्कन नसक्ने सायडनाया जेलमा उनी पुगेको कुरा फेसबुक मार्फत नै पत्ता लागेको थियो। त्यो समयमा उनले आफ्नो दाजुको शव भेट्ने अपेक्षा समेत गरेकी थिइनन्।

एक जोडी चिकित्सकको छोरा छानबिनका लागि ल्यापटप खोल्न नदिएको आरोपमा गिरफ्तार भएका थिए। सो घटना पनि सन् २०१२ कै हो। सोही समयदेखि हराएको छोरा उनीहरूले पनि पाएका छैनन्।

सन् २०१८ मा राजधानी दमासकसको नजिकै रहेको एउटा गाउँमा भएको विद्रोहमा सरिकहरूले आत्मसमर्पण गरेका थिए। त्यसै विद्रोहमा सामेल एक महिलाको पनि अस्पताल बाहिर नै उपस्थिति छ। उनका टिनएजर छोरा पनि हराएको धेरै वर्ष भइसकेको छ। यी धेरै घटना छन् जसका कारण ५० वर्षे असाद शासन, ५० वर्ष लामो बर्बर युग थियो। हत्या र यातनाको युग थियो।

मुस्तायक अस्पतालको बाहिर उभिनेलाई अहिले आफन्तको शव भेट्ने पनि केके न भेटेको जस्तो भएको छ। उनीहरू पीडाले बाँचे। यसका बाबजुद उनीहरूमा बदलाको भाव भन्दा बढी शान्त पूर्वक बाच्ने चाहना छ। एक महिलाले अहिले असाद भागेर रुस पुगेको सुनेकी छिन्। यसका बाबजुद उनलाई त्यही रहेर पनि दुख दिने हो कि भन्ने त्रासले बारम्बार सताउने गरेको छ।

अहिले दामासकसको राष्ट्रपति भवन धेरैले देखेका छन्। बसारका बाबु हफिज असादले त्यस दरबारको निर्माण गरेका थिए। एउटा गुप्तचर निकाय नै खडा भएको थियो। कोही व्यक्ति झुक्किएर त्यसको नजिक पुगेमा राष्ट्रपतिलाई उसकै कारण असुरक्षाको महसुस हुने गरेको थियो। यसै कारण उनलाई सायडनाया जेलमा लगिन्थ्यो। असादको कार्यालय भवन त खाली भइसको छ। उनको निवास अझै खाली भएको छैन।
केही युवा उत्साहित भएर दमासकस पुगेका छन्। सन् २०११ मा हतियार उठाउँदा हारेका उनीहरू दमासमसबाट इदलिब पुगेका थिए। अहिले असादको शासन ढलेपछि फेरी त्यहीँ पुगेका छन्।

राजनीतिक समीक्षकका अनुसार असाद परिवारमा अत्यन्त आत्मविश्वास थियो। सन् १९७० मा सत्तामा पुगेपछि हफिजले आफूलाई क्रूर तानाशाहको रूपमा स्थापित गरे। छोरा बसारले आफ्नो सत्ता जोगाउन त्यो भन्दा धेरे व्यक्तिको हत्या गरे।

अहिले विगतमा भएका थुप्रै हत्याकाण्ड र नरसंहारको मुख्य योजनाकार र यसमा सक्रियता साथ सरिक हुनेको खोजीक्रम जारी छ। यस क्रममा सन् २०१३ मा भएको नरसंहारमा सरिक अबु मन्तुजा पनि हुन्। सो समयमा उनको नेतृत्वमा भएको अपरेशनमा ४१ जनाको ज्यान गएको थियो।

एक साता पार गर्दा पनि सिरियाको सडकमा नारा जुलुस घन्किएको छ। सडकमा उत्रनेको पीडा उस्तै छ। धेरैमा शान्तिको चाहना छ। केहीमा आक्रोश छ। असादलाई त्यही बोलाएर सजाय दिने चाहना पनि धेरैको छ।

सन् २०११ यता सिरियामा दुई लाख ३० हजार भन्दा बढीको ज्यान गएको जनाइएको छ। त्यो सङ्ख्यामा ३० हजार भन्दा बढी बालबालिका थिए। सिरियाली सत्ताबाट नै धेरै मारिएका थिए। यसपछि धेरै सङ्ख्याको हत्या इरानी शक्तिबाट हत्या भएको थियो। तीन प्रतिशत हत्या रुसी शक्तिबाट भएको थियो। २.२ प्रतिशत आइएसआइएसबाट मारिएका थिए।

सिरियाको युद्धमा संलग्न अन्य धेरै शक्तिबाट पनि मारिनेक्रम ५० वर्ष नै जारी थियो। ५० वर्षको यो दर्दनाक युग र हफिज असादको बाथ पार्टीको सत्ता आरोहणको त्यो कठिन दिनको अन्त्य पछिको सिरियाका बारे धेरैको चासो रहन सक्छ। भविष्य अनिश्चित नै छ। तर मोहम्मद जलाउनीको घोषणा अनुसार कमसेकम सायडयाना जेलमा अब कोही रहने छैनन्। यो सदाको लागि बन्द हुनेछ। बर्बर असाद युगको अन्त्यसँगै सायडनायाको रूपमा एउटा नरकको अन्त्य भएको छ। स्रोतः बिबिसी, सिएनएन, स्ट्यासटिका

 

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ८ : ३८ बजे

कांग्रेसका यी नेता किन बोक्छन् टिकटिके मोबाइल ? (भिडियोसहित)

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत सिन्धुपाल्चोकबाट निर्वाचित सांसद हुन्

मुलुकमा आत्मसमर्पणवादी मानसिकता हावी भयो : कमल थापा

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीलाई वैकल्पिक शक्तिका

सरकारले पेश गर्न लागेको अध्यादेशविरुद्ध ६७ वटा अस्वीकारको प्रस्ताव दर्ता

काठमाडौं – सरकारले संसदमा पेश गर्न लागेको अध्यादेशमा ६७ वटा

गोरखामा दुई वटा चितुवा मृत फेला

गोरखा – गोरखाको पालुङटार नगरपालिका–१० स्थित माथिल्लो खड्का गाउँमा दुई

लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ : मन्त्री अधिकारी

ललितपुर – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले लेले–चन्दनपुर सडकलाई