आज पनि चलेनन् पोखराका कप्तान कुशल : १२ औं ओभरमा चार विकेट गुमायो « Khabarhub

आज पनि चलेनन् पोखराका कप्तान कुशल : १२ औं ओभरमा चार विकेट गुमायो


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाजले प्रतिस्पर्धा गरिराखेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर काठमाडौंका कप्तान करण केसीले पोखरालाई ब्याटिङको निम्तो दिएको खेलको १२ औं ओभरको समाप्तिमा काठमाडौंले चार विकेट हात पारेको छ। पोखराले चार विकेटको क्षतिमा ८१ रन बनाएर खेलिरहेको छ।

दोस्रो ओभरमा पहिलो विकेटको रुपमा एन्ड्रिज गौसलाई शून्यमै गुमाएको पोखराका लागि दिनेश खरेलले २५ बलमा ३८ रन बनाए। उनले ६ चौका र एक छक्का हिर्काए। कप्तान कुशल भुर्तेल भने १० बलमा सात रन बनाएर आउट भएका छन्। एनपीएलका कुनै पनि खेलमा कप्तान कुशल चलेका छैनन्। पोखराले चौथो विकेटको रुपमा अकर्षित गोमेललाई आठ रन बनाउँदा गुमाएको हो।

काठमाडौंका लागि राशिद खानले दुई विकेट हात पार्दा गेहार्ड इरासमस र माइकल लेविटले एकएक विकेट लिएका हुन्।

प्लेअफ दौडको कठिन मोडमा पुगेका काठमाडौं र पोखराको आजको खेललाई महत्त्वका साथ हेरिएको छ। एनपील तालिकामा पोखरा र काठमाडौंको समान चारचार अंक छ। आजको खेलमा पराजित टिम प्रतियोगिताबाट बाहिरिने पक्का छ भने विजयी टिमको प्लेअफ सम्भावना अन्य टिमको गतिमा भर पर्नेछ।

दुवै टिमले समान ५ खेल खेलिसकेका छन्। यी टिमको समानता भनेकै चार अंक जोड्दा दुई जित र तीन हार हो। आजको खेल सकिएपछि दुवै टिमले एकएक खेल खेल्न बाँकी हुनेछ। प्लेअफमा पुग्ने सम्भावना दरिलो बनाउन दुवै टिममाथि जित्नैपर्ने दबाब छ।

प्रतियोगितामा एक मात्र हार चाखेको जनकपुर १० अंकसहित शीर्ष स्थानमा हुँदा सुदूरपश्चिम आठ अंकसहित दोस्रो स्थानमा छ। कर्णाली आठ अंकसहित तेस्रो स्थानमा छ भने ६ अंक जोडेको चितवन चौथो स्थानमा छ। सुरुवाती खेलमा खराब देखिएको विराटनगर चार अंकसहित तालिकाको पाँचौं स्थानमा छ।

एनपीएल अन्तर्गत शनिबार दिउँसो भने चितवन र जनकपुर भिड्दैछन्। यो खेल देउँसो १ बजे सुरु हुनेछ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  १० : ०० बजे

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले