सँगिनी र बालन नाच संरक्षणमा महिला समूह « Khabarhub

सँगिनी र बालन नाच संरक्षणमा महिला समूह


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पथरी – आधुनिक नृत्य र पश्चिमा संस्कृति भित्रिएसँगै नेपाली मौलिक संस्कृति झल्कने नृत्यहरू लोप हुँदै गएका छन् । आधुनिक मनोरञ्जनका साधनको पहुँच बढेसँगै यहाँ परम्परागत सँगिनी र बालन नाच लोप हुन थालेका हुन् । सरकारी पक्षबाट पनि यस्ता संस्कार र सांस्कृतिक नृत्यहरूको संरक्षणमा चासो नराख्नुले यिनको पुस्तान्तरणसमेत हुन सकेको छैन ।

पछिल्लो समय पथरी शनिश्चरे–३ शान्ति टोलका महिलाहरू यी नाचको संरक्षण र पुस्तान्तरणमा लागिपरेका छन् । यहाँ रहेको ‘महिला जागरुक हरिकीर्तन तथा सँगिनी समूह’ले सँगिनी नाचको प्रचारप्रसारका साथै पुस्तान्तरणमा लागेका छन् । समूहले नयाँ पुस्तामा जानकारी दिन प्रत्येक हप्ताको मङ्गलबार साँझ सँगिनी प्रशिक्षण कार्यक्रम नै सुरु गरेको जनाएको छ ।

समूहले विगत ४ वर्षदेखि आफ्नै खर्चमा सँगिनी नाचबारे प्रशिक्षण दिँदै आएको छ । समूहमा आबद्धहरूलाई आमा, बुहारी र छोरी गरी तीन वटा समूह बनाइएका छन् । यी समूहले स्थानीयस्तरमा मात्रै होइन हाल मागअनुसार छिमेकी पालिकाहरूमा समेत सँगिनी नाचका नाच्ने गरेका छन् । मौलिक संस्कार र संस्कृतिको संरक्षण गर्दै प्रचारप्रसारमा लागिपरेको महिला जागरुक हरिकीर्तन तथा सँगिनी समूहलाई पुरुषहरुले समेत साथ दिन थालेका छन् । विवाह गरेर गएका महिलाहरुले आफ्ना मनमा लागेका वेदनाहरु गीतका माध्यमबाट पोख्ने ठाउँ नै हो सँगिनी ।

सँगिनी परापूर्वकालदेखि महिलाका सुखदुःखका साथै ढिकी, जाँतो पिस्दादेखि घरमा श्रीमान्, सासू, नन्द, देवर, जेठाजु र समाजमा भएका थिचोमिचोका बेदना बुहारी आमाहरूले गीतका माध्यमबाट पोख्ने गरेको बताउँछन्, समूहकी अध्यक्ष देवीमाया पोखरेल । ब्राह्मण र क्षेत्री समुदायमा नाचिने सँगिनीसँगै बालन पश्चिमा संस्कृतिको प्रभाव समाजबाट हराउँदै गएको उनको भनाइ छ ।

झन्डै डेढ दशकअघिसम्म गाउँघरमा सँगिनी र बालन नाच्ने गरे पनि पछिल्लो समय भने गाउँघरमा नाच्न छोडेको स्थानीय भुवनेश्वर पोखरेलले बताए। अचेल भने गाउँका थोरै महिलाहरू भेला भएर खेल्दै आएको सँगिनी नृत्यले संस्कार र संस्कृतिको संरक्षणमा टेवा पुर्‍याएको उनी बताउँछन्।

कुनै समय नेपालमा निकै चर्चित मानिएको सँगिनी नाच पछिल्लो समय एकादेशको कथा जस्तै बन्न लागेको अवस्थामा स्थानीय समूह संरक्षणमा जुट्नु प्रशंसनीय रहेको पथरी शनिश्चरे–३ का शिक्षक  खगेन्द्र लुइँटेलको भनाइ छ ।

‘पहिले मान्छेहरू टाढाटाढाबाट बालन र सँगिनी नाच हेर्न पुग्थे । विशेषगरी बिहे, पूजा, पुराण समारोह, उत्सव आदिमा सँगिनी नाचिने र सो नाचमार्फत महिलाले आफ्नो पीडा पोख्ने गरेका थिए’,उनले स्मरण गरे ,’पछिल्लो समय भने यसको संरक्षण र पुस्तान्तरण नहुँदा लोप हुने अवस्थामा थियो । विगत पाँच वर्षदेखि स्थानीय महिला दिदीबहिनीहरू संरक्षणमा जुटेपछि अचेल भने महत्त्वपूर्ण उत्सवमा नाच्न थालिएको छ । यो निकै सराहनीय काम हो ।’

चौध वर्षअगाडि भजनकीर्तन गर्न बनेको समूहले त्यसका साथै लोप हुँदै गरेको सँगिनीको पनी संरक्षण गर्नुपर्छ भनेर पाँच वर्षदेखि सँगिनी प्रशिक्षणका साथै ठाउँठाउँमा नृत्य देखाउँदै आएको सञ्चारकर्मी अर्जुन काफ्लेले बताए।

‘यहाँ सँगिनी प्रशिक्षण र नाच देखेर अघिल्लोपटक स्थानीय तहले समेत आर्थिक सहयोग गरेको थियो । यसको महत्व विस्तारै बुझ्न थालिएको छ । पथरी शनिश्चरे–४ र ८ मा पनि सिको गर्न थालिएको छ, यो राम्रो कुरा हो’, उनले भने ।

सामूहिक रूपमा सुरुआत गरेको सँगिनी प्रशिक्षणले समाजमा समेत सकारात्मक प्रभाव पारिरहेको आमा र हजुरआमासँगै सँगिनी प्रशिक्षण लिइरहेकी बालिका अपेक्षा खतिवडाको बुझाइ छ ।

 ‘यसले हामीलाई हाम्रो संस्कारबारे थप जान्ने मौकासमेत मिलेको छ । पश्चिमा संस्कृतिको प्रभावका बीच सँगिनी नाच के हो भनेर हाम्रो पुस्तालाई चिनाउन ठूलो मद्दत मिलेको छ ।’

पथरी शनिश्चरे–३ शान्तिटोलका ३५ परिवार यो कार्यमा सहभागी छन् । समूहलाई झापा, मोरङ र सुनसरीका क्षेत्रमा हुने धार्मिक समारोहमा सँगिनी प्रस्तुत गर्न निमन्त्रणा आउन थालेको छ । समूहकी सचिव यशोदा पोख्रेलले समूहले सँगिनी संरक्षणमा देखाएको कार्यको सबै क्षेत्रबाट प्रशंसा र सहयोग प्राप्त भइरहेको  बताइन्।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ७ : ०८ बजे

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो

काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले

निर्वाचनको स्वार्थमा भएको एकताको कुनै अर्थ हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन र पदको

डिम्ब बिक्री प्रकरणमा विवादित महान्यायाधिवक्ताले फिर्ता लिइन् रविविरुद्धका दुई गम्भीर मुद्दा

काठमाडौं– किशोरीहरूका डिम्ब बिक्री प्रकरणमा मुछिएकी छोरीलाई जोगाउन निर्णय गरेकी

शेरबहादुरका ‘लाचार छाया’ पूर्णबहादुर : रुपान्तरणको अवसर गुमाएर कांग्रेस विभाजन

काठमाडौं– भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनको स्पष्ट सन्देश

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका