आज २०८२ साल कात्तिक २२ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल कात्तिक २२ गते शनिबारको राशिफल


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल कात्तिक २२ गते शनिबार। मंसिर कृष्ण पक्षको तृतिया तिथि। तदनुसार सन् २०२५ नोभेम्बर ८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : दिन सामान्य छ। अनावश्यक काममा तपाईंको समय र सम्पत्ती खर्च हुनेछ। साथीभाइसँग धेरै तर्क नगर्नु राम्रो हुन्छ। तपाईंले राम्रो बोले पनि विभिन्न आरोप लाग्ने जोखिम रहेको छ।

वृष : दिन राम्रो छ। धन आर्जन हुनेछ। स्वास्थ्य र शिक्षामा फाइदा मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मिथुन : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा मिल्नेछ। मित्र बढ्नेछन्। महत्त्वपूर्ण निर्णय गर्नुअघि अग्रजको सल्लाह लिनु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। साथी सँगको भेटले मनमा शान्ति मिल्नेछ। धर्मकर्ममा मन जानेछ। शनिको कारण मन अस्थिर बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथमा घुमघामको अवसर मिल्नेछ।

सिंह : दिन सामान्य छ। बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या बढ्नेछ। परिवारको साथ सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने दिन छ। व्यापारमा भने घाटा हुनेछ।

कन्या : दिन राम्रो छ। तपाईंको प्रतिभाको सम्मान हुनेछ। तपाईंको कला प्रदर्शन गर्ने दिन छ। राजनीतिक र सामाजिक क्षेत्रमा सहभागी हुने अवसर मिल्नेछ। नयाँ योजना बन्नेछन्।

तुला : दिन राम्रो छ। पठनपाठनमा मन जानेछ। आफ्नो रुचिको क्षेत्रमा सफलता मिल्नेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त होला। हरेक काममा परिवारको सहयोग मिल्नेछ।

वृश्चिक : दिन सामान्य छ। बोल्दा ख्याल गर्नुपर्छ। बोलीकै कारण साथी भाइ टाँढिने भएकाले बोल्नु अगाडि तीन पटक सोच्नु उचित हुन्छ। सामाजिक कामबाट भने आज तपाईंलाई मानसम्मान मिल्नेछ।

धनु : दिन राम्रो छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ। स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा तपाईंको नाम र दाम मिल्नेछ। परिवारको साथ लिएर अगाडि बढेमा हरेक काममा सफलता मिल्नेछ।

मकर : दिन राम्रो छ। व्यापारमा नाफा हुनेछ। लगानी गरेको भए फाइदा हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा चासो बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन राम्रो छ। साथी भाइसँगको भेटले मन प्रशन्न रहनेछ। परिवारको साथ सहयोग मिल्नेछ। धर्मकर्ममा मन जानेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुनसक्छ।

मीन : दिन सामान्य राम्रो छ। कारोबारमा नाफा हुनेछ। थोरै बोलेर अगाडि बढ्दा फाइदा हुने योग छ। धार्मिक र सामाजिक क्षेत्रमा गरेको मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ६ : २२ बजे

जलवायु असर अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सरकारलाई सुझाव

काठमाडौं– कृषि तथा प्राकृतिक स्रोत समितिले हिमाली तथा उच्च जोखिमयुक्त

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति

नर्वेका प्रधानमन्त्रीको खुलासा : जेलेन्स्की सवार विमान रुसी ड्रोन हमलाबाट मुश्किलले जोगियो

ओस्लो- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विमान मंगलबार मोल्दोभाबाट उडान भर्ने